Prakash Adhikari February 28, 2023

 

काठमाडौँ, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउनुभएको छ।

सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाउनुभएको छ। ‘प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान हो’, शर्माले भन्नुभयो।

नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेसबाहेकका दल र स्वतन्त्र उम्मेदवारहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट माग्नुभएको थियो ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

Share Now

Leave a comment.