Prakash Adhikari March 4, 2023

काठमाडौं, २० फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ।

शनिबार काठमाडौंको एक घरबाट खस्नुभएका उपाध्ययको उपचारका क्रममा आज साँझपख निधन भएको हो।

उपाध्याय नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभागका प्रमुख पनि हुनुहुन्थ्यो।

उहाँलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उहाँँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

 

Share Now

Leave a comment.