Prakash Adhikari March 5, 2023

 

काठमाडौं, २१ फागुन । एशियाली फुटबल महासंघ(एएफसी) यू २० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दे नेपाली यू २० महिला टोलीलाई बिदाइ गरेको हो ।

समूह बी मा रहेको नेपालले छनोटको खेल प्यालेस्टाइनमा खेल्नेछ । नेपाली टोली आजै राति त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड छन् । छनोटका खेलहरु मार्च ८ देखि १२ सम्म हुनेछन् ।

नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । नेपालले समूहको दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ ।

सायद ९ जना मानिसहरू र उभिएका मानिसहरू को फोटो हुनसक्छ
समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

यू २० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू २० महिला एसियन कप खेल्नेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू २० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू, घरभित्र र पाठ को फोटो हुनसक्छ

नेपाली टोली

गोलकिपरः कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेण्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्डः गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

Share Now

Leave a comment.