धनगढी(कैलाली), २१ फागुन । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
केन्द्रमा भएको सहमति अनुसार प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरिएको नागरिक उन्मुक्ति पार्टीका एक सांसदले जानकारी दिनुभएको छ ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ।
कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ सांसद छन्।
नागरिक उन्मुक्तिको यो निर्णयसँगै मुख्यमन्त्री कमलबहादुर शाहले बहुमतसहित विश्वासको मत पाउने पक्का भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।


















