Prakash Adhikari March 5, 2023

काठमाडौँ, २१ फागुन । राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले आयोजना गर्न लागेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम र संयुक्त बैठक स्थगित भएको छ।
बिहीबार हुने राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त बैठक आयोजना गरेको थियो।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको सचिवालयका अनुसार निर्वाचनको मौन अवधि लागू हुने भएपछि स्थगित गर्नुपरेको हो।

औपचारिक भेला स्थगित भए पनि दलहरूले आफ्ना सांसदलाई अनौपचारिक रूपमा प्रशिक्षित भने गर्नेछन्।

राष्ट्रपति चुनावका लागि संघीय संसद र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डल रहने संवैधानिक व्यवस्था छ।

बिहीबार हुने चुनावका लागि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायत आठ दलको तर्फबाट पौडेललाई अघि सारेको छ।

नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ

Share Now

Leave a comment.