Prakash Adhikari March 8, 2023

काठमाडौं, २४ फागुन । एसिया–प्रशान्त क्षेत्र हेर्ने बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपाल भ्रमणमा हुनुहुन्छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल सरकारका अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राज्यमन्त्री ट्रेभेलियन बुधबार बिहान बसन्तपुर क्षेत्रमा पुग्नुभयो । साथै, उहाँले बुधबार बेलुकी सानो समूहमा नेपालीहरुसँग नेपालको राजनीति र अहिलेको भूराजनीतिक विषयमा छलफल गर्नुभयो ।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनको नेपाल भ्रमण भएको काठमाडौंस्थित बेलायती दूतावासको एक अधिकारीले जानकारी दिनुभएको छ ।

राज्यमन्त्री ट्रेभेलियनले अरुण तेस्रो भ्रमणको अवलोकन गर्ने कार्यक्रम छ । उक्त विद्युत् परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ ।

राज्यमन्त्री ट्रेभेलियनले भ्रमणकै दौरानमा सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले गर्ने कार्यक्रममा पनि सहभागिता जनाउनु हुनेछ ।

उहाँले धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम पनि छ । उहाँ शुक्रबार फर्कने कार्यक्रम छ ।

यसअघि माघको अन्तिम साता बेलायतबाट ‘मिनिस्टर फर डिफेन्स पिपुल’ एन्ड्रयू मुरिसनले नेपालको भ्रमण गर्नुभएको थियो ।

Share Now

Leave a comment.