Prakash Adhikari March 9, 2023

 

काठमाडौं, २५ फागुन । घरेलु मैदानमा आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत पपुवा न्यु गिनी र युएईसंगको त्रिदेशीय श्रृखला खेलको पूर्वसंन्ध्यामा नेपाली क्रिकेट टिमलाई अर्को खुसी थपिएको छ । नेपालले आईसीसी वरियतामा सुधार गरेको छ ।

आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिज खेलिरहेको नेपाली टोलीले ८ मध्य ७ खेल जितेपछि वरियतामा २ स्थान सुधार गरेको हो ।

नेपाल अहिले १९ औं स्थानबाट १७ औं स्थानमा आइपुगेको हो । नेपालले घरेलु मैदानमा स्कटल्याण्ड र नामेवियाविरुद्धका सबै खेल जित्दै क्लिनस्वीप गरेको थियो भने युएईमा भएको खेलमा ४ मध्ये ३ खेल जितेको थियो ।

नेपाल अहिले आईसीसी लिग टूको तालिकामा भने पाँचौं स्थानमा रहेको छ । आईसीसीको वरियतामा भारत पहिलो र अष्टेलिया दोस्रो स्थानमा रहेको छ भने न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । नेपाल अहिले अमेरिका, युएई र पपुवा न्युगिनीभन्दा अगाडि रहेको छ । नामिविया नेपालभन्दा माथि रहेको छ ।

Share Now

Leave a comment.