Prakash Adhikari March 10, 2023

काठमाडौं, २६ फागुन । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि सार्वसाधारणलाई आइपीओको बिक्री खुलाएको छ। कम्पनीले ल्याउने करिब साढे ४२ लाख ४८ हजार कित्तामा सर्वसाधारणले दरखास्त दिन पाउने छन्।

यो हाइड्रोपावर कम्पनीको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइीओ जारी गर्दैछ। १०० रुपैयाँका दरले कुल ८३ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्कासन हुँदैछ।

जसमध्ये सर्वसाधारणमा ४९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७ सय ५० कित्ता शेयर बिक्री गर्न लागेको हो। १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री तथा बाँडफाट गरिसकेको छ। २ लाख ४९ हजार ९ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित छ।

बाँकी रहेको ४२ लाख ४८ हजार ९ सय ३८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। उक्त आइपीओमा चैत ३० गते सम्म आवेदन दिन सकिनेछ।

कम्पनीले ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण गर्दैछ। जसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। प्रति मेगावाट लागत १८ करोड २६ लाख रुपैयाँ हुनेछ।

कम्पनीले ६.७३ वर्षमा साधारण लगानी फिर्ता गर्ने जनाएको छ।

Share Now

Leave a comment.