Prakash Adhikari March 12, 2023

काठमाडौ., २८ फागुन । ओखलढुंगा, रुम्जाटारबाट काठमाडौं आउदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४, कुहिभीरमा आज यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् । घटनामा करिब २० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।
बसमा करिब ३५ जना यात्रु रहेको जनाइएको छ ।

बसको ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालका अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा २० जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् ।

 

Share Now

Leave a comment.