लसएञ्जेल्स(संयुक्त राज्य अमेरिका), २९ फागुन (एजेन्सी) ।विश्वकै सबैभन्दा प्रतिष्ठित चलचित्र पुरस्कार- ओस्कर अवार्डको ११ वटा विभिन्न विधामा मनोनयनमा परेको “एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स” ले सर्वोत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल भएको छ ।
अमेरिकाको क्लालिफोर्नियास्थित लस एन्जिलसमा आयोजना ओस्कर अवार्डको ९५औँ संस्करणको समारोहमा उक्त चलचित्र सातवटा विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएको हो ।
उक्त चलचित्रका निर्देशकद्वय ड्यानियल क्वान र ड्यानियल स्केनर्ट सर्वोत्कृष्ट चलचित्र निर्देशक घोषित भए भने मिशेल ईओले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जित्न सफल भइन् ।
सर्वोत्कृष्ट चलचित्र अभिनेताको पुरस्कार भने “द ह्वेल” का ब्रेन्डन फ्रेजर जिते । त्यस्तै “एभ्रिथिङ एभ्रिवयर अल एट वान्स” कै कलाकारहरू के हुई क्वानले सर्वोत्कृष्ट सहायक अभिनेताको र ज्यामी ली कर्टिसले सर्वोत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जित्न सफल भएका छन् । कर्टिसले उनको ४५ वर्षे कलाकारिताको करिअरमा पहिलो ओस्कर अवार्ड जितेकी हुन् ।
“एभ्रिथिङ एभ्रिवयर अल एट वान्स” ले सर्वोत्कृष्ट पहिरन, सर्वोत्कृष्ट पटकथा र सर्वोत्कृष्ट चलचित्र सम्पादन पुरस्कार पनि जित्न सफल भयो । नौ विभिन्न विधामा मनोनित भएको जर्मन भाषामा निर्मित युद्धविरोधी चलचित्र “अल क्वाइट अन द वेस्टर्न फ्रन्ट” ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र, सर्वोत्कृष्ट छायाङ्कन, सर्वोत्कृष्ट ओरिजिनल स्कोर सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन पुरस्कार जितेको छ ।
मगाधिरा र बाहुबलीजस्ता चर्चित चलचित्र निर्देशन गरेका भारतीय निर्देशक एसएस राजामौली निर्देशित आरआरआरको “नाटुनाटु” बोलको गीतले सर्वोत्कृष्ट ओरिजिनल गीतको अवार्ड हात पारेको छ । काला भैरव र राहुल सिप्लीगन्जले गाएको यो गीतले गत महिना अर्को प्रतिष्ठित गोल्डेन ग्लोब्स अवार्ड पनि जितेको थियो । त्यस्तै अर्को भारतीय प्रोडक्सन “द एलफेन्ट ह्वीस्पर्स” ले सर्वोत्कृष्ट लघु वृत्तचित्रको अवार्ड पनि जित्न सफल भएको छ ।
Here is the full list of winners:
Best Picture: “Everything Everywhere All at Once”
Best Actress: Michelle Yeoh, “Everything Everywhere All at Once”
Best Actor: Brendan Fraser, “The Whale”
Best Director: Daniel Kwan, Daniel Scheinert, “Everything Everywhere All at Once”
Best Original Song: “Naatu Naatu,” “RRR”
Best Documentary Feature: “Navalny”
Best Adapted Screenplay: “Women Talking”
Best Original Screenplay: “Everything Everywhere All at Once”
Best Costume Design: “Black Panther: Wakanda Forever”
Best International Feature: “All Quiet on the Western Front”
Best Supporting Actor: Ke Huy Quan, “Everything Everywhere All at Once”
Best Animated Feature: “Guillermo Del Toro’s Pinocchio”
Best Visual Effects: “Avatar: The Way of Water”
Best Cinematography: “All Quiet on the Western Front”
Best Supporting Actress: Jamie Lee Curtis, “Everything Everywhere All at Once”
Best Film Editing: “Everything Everywhere All at Once”
Best Score: “All Quiet on the Western Front”
Best Sound: “Top Gun: Maverick”
Best Production Design: “All Quiet on the Western Front”
Best Makeup and Hairstyling: “The Whale”
Best: Documentary (Short Subject): “The Elephant Whisperers”
Best Short (Animated): “The Boy, the Mole, the Fox and the Horse”
Best Short Film (Live Action): “An Irish Goodbye”


















