Prakash Adhikari March 13, 2023

 

कीर्तिपुर(काठमाडौं), २९ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भैरहेको नेपाल र पपुवा न्युगिनीबीचको खेलमा नेपाललाई नवौं विकेटको सफलत मिलेको छ ।

नेपाललाई नवौं विकेटको सफलता कुशल मल्लले दिलाएका हुन् । उनले ३०.३ ओभरका पपुवा न्युगिनीका कावाऔं मोरेयालाई १ रनमै आउट गरे ।

नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाललाई आठौं विकेटको सफलता दिलाएका हुन् ।

उनले २९.५ ओभरमा पपुवा न्युगिनीका हिला भारेलाई ७ रनमा आउट गरेका हुन् ।

यस पहिले बलर कुशल मल्लले नेपाललाई सातौं विकेटको सफलता दिलाएका हुन् । उनले २६.४ ओभरमा पपुवा न्युनिगीका १० बलमा खेलेका नर्मन भानुलाई शून्य रनमा आउट गरे ।

यस पूर्वकप्तान सन्दीपले थप ३र ललित राजवंशीले अर्को २ विकेट लिएका थिए । नेपालका सोमपाल कामीले एक विकेटको सफलता दिलाएका थिए ।

३३ ओभरमा पीएनजीले ९ विकेटको क्षतिमा ९४ रन जोडेको छ ।

ललितले पछिल्लोपटक रिले हाकुरेको विकेट लिए भने सन्दीप लामिछानेले २३.१ मा चाल्स अमिनी र १९.१ ओभरमा असल भालाको विकेट लिए ।

नेपालका बलर ललित राजवंशीले पीएनजीका ओपनर किप्लिड. डोगोरालाई चौथो ओभरको चौथो बलमा २ रनमा आउट गरे भने अर्का बलर सोमपाल कामीले अर्का ओपनर हिरिहिरिलाई सातौं ओभरको पाँचौ बलमा १४ रन बनाएको अवस्थामा आउट गरे ।

१४ औं ओभरको अन्त्यमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले पीएनजीका बलर सेसे बौलाई २८ बलमा १८ रन जोडेको अवस्थामा आउट गरे ।

नेपाल लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदीवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।

यता छनोटबाट बाहिरि सकेको पीएनजी पनि नेपालसँग सुखद नतिजा निकाल्न चाहन्छ । पीएनजीविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।

आइतबार संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेलमा रहेका गुलशन झाको स्थानमा आज करण केसीलाई समावेश गरिएको छ । लिग २ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईविरुद्ध खेल्नेछ ।

Share Now

Leave a comment.