धनगढी(कैलाली),१९ चैत्र, । धनगढी प्रिमियर लिगमा सोमबार सम्पन्न दोश्रो खेलमा काठमान्डौ गोल्डेन्सले रुपन्देही च्यालेंजर्सलाई ६३ रनको अन्तरले पराजित गरेको छ ।
पहिले ब्याटिंग गरेको काठमान्डौले २० ओभरमा ४ विकेट गुमाएर १८६ रनको योगफल तयार पारेको थियो । उसका लागि सन्नी पटेलले विस्फोटक अविजित ४८ रन बनाउन १९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
यस्तै ओपनर सुबोध भाटीले ४२ रन र अमित श्रेष्ठले ३० रन प्रहार गर्दै पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए ।
काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्लले २० रन, भुपेन्द्र थापाले १४ रन र नरेश बुढाऐरले मात्र १८ बलमा आक्रामक ३० रन प्रहार गर्दै अविजित रहे ।
रुपन्देही च्यालेंजर्सका सबै बलर महँगो भएको खेलमा अमरसिंह रौटेला, बिक्रम भुसाल र सफ्यान मेहमदले १र१ विकेट झारेका थिए ।
जवाफमा उत्रिएको रुपन्देहीका लागि ओपनर प्रदिप ऐरीले ४१ बलमा ५ चौका र त्यति नै छक्काको मद्दतमा ५७ रन बनाए पनि ब्याट्सम्यानले साथ दिन नसक्दा ८ बल अगाडी नै मात्र १२३ रनमा अल आउट भयो । काठमान्डौका रसिद खानले मात्र ६ रन खर्चिएर ४ विकेट, ललित राजबंशीले १९ रन खर्चेर ३ विकेट, शाहब आलम ले ४२ रनमा २ विकेट र सन्नी पटेलले १ विकेट लिए ।
खेलमा आक्रामक ४८ रन समेत १ विकट हात पारेका सन्नी पटेल म्यान अफ द म्याच घोषित भए ।