Prakash Adhikari April 6, 2018

न्यूयोर्क(संयुक्त राज्य अमेरिका),२३ चैत्र (बीबीसी) । रुसले ब्रिटेनमा हालै एक पूर्व रुसी जासूस र उनकी छोरीलाई विष दिएको आरोप लगाएर युकेले “झूटो कथा रचेको” र “आगोसँग खेलेको” आरोप लगाएको छ।

राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बोल्दै रुसी राजदूतले ब्रिटेनको उद्देश्य रुसलाई अवैध ठहर्‍याउननु रहेको बताए।

तर ब्रिटेनले सोल्ज्‍बरी नगरमा भएको आक्रमणमा रुस जिम्मेदार रहेको बताउँदै आएको छ।

पूर्वी रुसी जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलियालाई गत महिना इङ्गल्याण्डको सोल्ज्‍बरीमा स्नायु प्रणालीमा असर पार्ने विष दिइएको थियो।

त्यो विषको नाम रुसी रहेको छ।

त्यो घटनामा रुस जिम्मेवार रहेको ब्रिटेनको भनाइ छ।

‘झूटो’
तर संयुक्त राष्ट्रसंघमा बोल्दै रुसी राजदूतले ब्रिटेनले “झूटो कथा रचेको” आरोप लगाउँदै विष प्रकरणमा रुसको संलग्नता नरहेको दोहोर्‍याए।

रुसी राजदूत भसिली नेबेन्जियाले ब्रिटेनले “डरलाग्दो र अपुष्ट आरोप” लगाएर “आगोसँग खेलीरहेको” आरोप लगाए।

“तपाईँ यो भन्दा राम्रो झुटो कथा लिएर किन आउन सक्नुभएन? हामी सबैलाई थाहा छ ब्रिटेनले हासिल गर्ने गोप्य सुचना कस्ता हुन्छन् भनेर टोनी ब्लेयरको कथाले देखाइसकेको छ।

“हामीले ब्रिटिश साथीहरूलाई भनिसकेका छौं ‘तपाईँ आगोसँग खेल्दै हुनुहुन्छ र तपाईँहरूले पछुताउँनै पर्छ’।”

‘कडा
रुसी राजदूत नेबेन्जियाले सेर्गेइ स्क्रिपाललाई दिइएको नोभिचोक भनिने स्नायुमा असर पुर्‍याउँने विषको नाम रुसी भएको स्वीकार गरे।

तर उनले त्यो रुसका दर्ता नभएको बताए।

ब्रिटेनकी राजदूत क्यारेन पियर्सले “सबैखाले निगरानी विरुद्ध ब्रिटेन कडा रूपमा प्रस्तुत हुने” बताइन्।

उनले विष प्रकरणको संयुक्तरूपमा अनुसन्धान गर्ने रुसी प्रस्ताव उचित नभएको बताइन्।

Share Now

Leave a comment.