Prakash Adhikari April 6, 2018

धनगढी(कैलाली), २३ चैत्र । धनगढीमा जारी डीपीएल क्रिकेट लिगमा काठमाडौं गोल्डन्स प्ले अफमा पुगेको छ ।

काठमाडौंले शुक्रबार विराटनगर किङसलाई ५ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

संघीय इकाई प्रहरीको मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६४ रन बनाएको थियो ।

विराटनगरको लागी ओपनर दिलिप नाथले ३३, अनिल शाहले १०, हङकङका खेलाडी बाबर हायातले ६७ रनको योगदान गरे । उनको प्रतियोगीतामा यो दोस्रो अर्धसतक हो । बसन्त रेग्मीले १० र पृथु बास्कोटाले ११ तथा कप्तान पारस खड्काले ८ रन बनाए ।

बलिङतर्फ ललीत राजवंशीले तीन तथा रासिद खानले दुई विकेट लिए ।

जवाफमा काठमाडौंले १९ ओभर पाँच बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

काठमाडौँका लागी ओपनर अमित श्रेष्ठ मात्र ५, सुबोध भाटी १० रन बनाएर पेभेलियन फर्किए । भुपेन्द्र थापा व्यक्तिगत ३६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र पुष्प थापाले ४७ रनको साझेदारी गरे । पुष्प एक्लैले २४ रन बनाए । सन्नी पटेलले १० बलमा अविजीत २५ रन र कप्तान मल्लले अविजित ६८ रन बनाएपछि काठमाडौँले सहज जित निकाल्यो । जारी प्रतियोगितामा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो ।

आजको खेलमा पनि हार ब्यहोरेको विराटनगरले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्ने दबाब बढेको छ ।

आजको खेलमा हार ब्यहोरेको विराटनगरले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्ने दबाब बढेको छ ।

Share Now

Leave a comment.