काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न निर्वाचनको एसोसिएट सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । कुल १ हजार ६ सय ४९ मत खसेकोमा सर्वाधिक धेरै मत पर्यटन व्यवसायी डा. रामशरण थपलियाले ल्याउनुभएको छ । उहाँले १ हजार ४ सय ४० मत हासिल गर्नुभएको छ ।
एसोसिएट सदस्यतर्फ विजयी हुनेको सूुुुची
१. डा. रामशरण थपलिया १४४०
२. मनोज पौडेल १३७३
३. आनन्दकुमार बगेरिया १३६४
४. अम्बिकाप्रसाद पौडेल १३६३
५. सुनिलनारायण श्रेष्ठ १३४२
६. सुशील थापा १३२९
७. शैलेन्द्र गुरागाईं १३१५
८. राजेशकुमार अग्रवाल १३१२
९. हेमन्त गोल्छा १३००
१०. देशबन्धु बस्नेत १२८४
११. अविनाश बोहोरा १२७५
१२. गोपाल खनाल १२६५
१३. उज्वलकुमार श्रेष्ठ ११९१
१४. प्रबलजंग पाण्डे ११२८
१५. जुना माथेमा ९९१
१६. शक्तिकुमार बेगानी ९८८
१७. सन्दीपकुमार अग्रवाल ९२५
१८. ऋणी अग्रवाल ८८१
१८. मुकुन्दप्रसाद तिमल्सिना ८४२
महासंघका लागि एसोसिएटतर्फका उपाध्यक्षको मतगणना सुरु भएको छ । एसोसिएट उपाध्यक्षका लागि ज्योत्स्ना सुब्बा श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ ।
ज्यात्स्नाले रामचन्द्र संघईको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने आचार्य उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठका साझा उम्मेदवार हुनुहुन्छ ।
वस्तुगततर्फ र जिल्ला नगरतर्फका उपाध्यक्षको अन्तिम नतिजा आइसकेको छ ।
वस्तुगततर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित हुनुभएको छ भने जिल्ला नगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ ।


















