काठमाडौं, ५ बैशाख । नेपालको शेयर बजार निरन्तर ओरालो लागेको छ । मंगलबार पनि यो प्रवृत्ति रोकिएन । शेयर बजार निरन्तर ओरालो लागेको चौथो कारोबार दिन भयो। गत साताको अन्तिम कारोबार दिनदेखि शेयर बजारमा गएको पहिरो अझै थामिएको छैन् ।
मंगलबार पनि नेपाल धितोपत्र बजार परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय ६६ कम्पनीको २९ लाख ७५ हजार ९ सय २० कित्ता शेयरको खरिदबिक्रीबाट ८७ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई वर्गीकरणमा परेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१२ प्रतिशत घटेको छ।
Top Turnover
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यसैगरी, यस दिन सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ। यस दिन मूल्य बढेका अन्य कम्पनीमा बिन्धवासिनी हाइड्रोपावर,मितेरी विकास बैंक, ओरियण्टल होटल्स,एनएमबी बैंक, एनआईबी डिबेञ्चर ८४,सनराइज फस्र्ट म्युचुअल फण्ड रहेका छन् ।
Securities Advanced
| Symbol | LTP | Pt. Change | % Change | Total Traded |
|---|---|---|---|---|
| BARUN | 257.00 | 1.00 | 0.39 | 6,866 |
| BHDC | 437.00 | 22.90 | 5.53 | 2,126 |
| CBBL | 805.60 | 0.60 | 0.07 | 1,360 |
| CHDC | 720.00 | 4.00 | 0.56 | 3,785 |
| CLBSL | 611.00 | 4.00 | 0.66 | 139 |
| DHPL | 212.90 | 0.90 | 0.42 | 3,245 |
| EDBL | 292.00 | 3.80 | 1.32 | 9,304 |
| EHPL | 407.70 | 4.70 | 1.17 | 770 |
| FOWAD | 1,234.00 | 17.00 | 1.40 | 620 |
| GBBL | 359.90 | 3.90 | 1.10 | 4,842 |
यस दिन कारोबार भएका कम्पनीमा सबैभन्दा धेरै प्रतिशतले मूल्य घटेका कम्पनीमा खप्तड लघुवित्त, आदर्श लघुवित्त, बाराही हाइड्रोपावर, जल्पा लघुवित्त,आशा लघुवित्त,सिटिजन्स म्युचुअल फण्ड,हिमालयन पावर पार्टनर, युनिलिभर, रुरु हाइड्रो पावर र मेघा म्युचुल फण्ड १ रहेका छन् ।
Top Losers
कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस दिन प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्ट्स, नेष्डो समृद्ध लघुवित्त, एनआईसी एशिया बैंक, हिमालयन डिष्टिलरी,सोल्टी होटल्स लिमिटेड, नबिल बैंक, स्टाण्डर्ड चार्टड बैंक, नागरिक लगानी कोष र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।


















