काठमाडौं, ६ वैशाख । आज शेयर बजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक गरेको विवरण अनुसार धितोपत्र बजार परिसूचक १५.१३ अङ्कले बढेर १९२०.१२ अङ्कमा कायम भएको हो ।
आज २ सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार ३ सय २५ कित्ता शेयर २३ हजार ५ सय ३ पटक खरिदबिक्री हुँदा रु ८७ करोड २१ लाख ४१ हजार रकमको कारोबार भएको छ ।
आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० .८४ र जीवन बीमा समूह ६२.९२ अङ्कले बढेको छ । आज बैंकिङ ९.४४, विकास बैंक ४४.१२, वित्त १८.१३, होटल तथा पर्यटन समूह १९.०५, जलविद्युत् २१.९७ र लगानी समूह शून्य दशमलव ६३ अङ्कले बढेको छ ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५. १५, लघुवित्त समूह ३२ .१६, व्यापार समूह २८. ८८ र अन्य समूह ६.४६ अङ्कले बढेको छ ।
आज कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर रु आठ करोड ८३ लाख १३ हजार तीन सय बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ ।


















