Prakash Adhikari April 19, 2023

काठमाडौँ, ६ वैशाख। राजश्व संकलन कम भएको र सरकारको ढुकुटी रित्तिदै गएकोले सेवा निवृत्त भएका करिब २२ हजार शिक्षकहरूले निवृत्तिभरण (पेन्सन) पाउन सकेका छैनन् ।

राज्यसँग दुकुटीमा पैसा नहुँदा ५२ हजार पूर्व शिक्षकहरूमध्ये २२ हजार शिक्षकले पेन्सन पाउन नसकेका हुन् । उनीहरूले चैत र वैशाख महिनाको पेन्सन पाएका छैनन् । पेन्सन नपाएपछि शिक्षकहरूले विरोध समेत गर्दै आएका छन् । उनीहरूले राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।

नियमित पाउदै आएको निवृत्तिभरण अकस्मात् रोकिएपछि सेवा निवृत शिक्षकहरुले त्यसको तत्काल निकासा गर्न माग गर्दै आएका छन् । सेवा निवृत्त शिक्षकहरूको संस्था सेवा निवृत्त शिक्षक समाजले निवृत्तिभरणको भरमा बाँचिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएको जनाएको छ ।

समाजमा महासचिव ईश्वरबहादुर श्रेष्ठले ३० हजार शिक्षकले पाए पनि अझै २२ हजार शिक्षकले नपाएको बताउनुभएको छ ।

‘चैत र वैशाखको पाएका छैनौँ । पैसा नहुँदा अहिलेसम्म नहालेको भन्ने जानकारी दिनुभएको छ । यो महिनामा अन्तिमसम्ममा पैसा हाल्ने कुरा छ,’ उहाँले भन्नुभयो ।

Share Now

Leave a comment.