काठमाडौँ, १८ वैशाख । दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ ।
कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ ।
जेपी मोर्गनले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको छ ।
जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ ।
स।नफ्रान्सिस्कोमा मुख्यालय रहेको बैंकबाट मार्च महिनामै बचतकर्ताहरूले १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो ।
गत मार्चमा अमेरिकाका सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको थियो । जसले बैंकिङ संकट उत्पन्न हुने शंका गरिएको थियो ।
फर्स्ट रिपब्लिकन टाट पल्टिएपछि अमेरिकाको फेरेडल रिजर्भले भने अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको दावी गरेको छ ।
बचतकर्ताहरुले रकम झिक्न थालेपछि रिजर्भले वित्तीय बजारलाई स्थायित्व दिन आपत्कालीन कदम चालेको छ ।
मार्चमा अमेरिकामा ठूला बैंकहरूको समूहले फर्स्ट रिपब्लिकन बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएका थिए तर त्यसले टाट पल्टिनबाट रोक्न भने सकेन ।
रिपब्लिकन बैंक १९८५ मा स्थापना भएको थियो ।


















