कीर्तिपुर(काठमाडौं), १९ वैशाख । युएईबाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको नेपाललाई एसीसी प्रिमियर कप च्याम्पियन बन्न मैदान खुला भएको छ ।
तर बर्षाबाट खेल जोगाउन छिटो लक्ष्य भेद गर्ने हतारमा नेपाली खेलाडीले धैर्य गुमाउन थालेको देखिएको छ ।
एक्लै शतक प्रहार गर्ने ओपनर कुशल भूर्तेल, आशिफ शेख र कप्तान रोहित पौडेललाई नेपालले २२ रनमा गुमाएको छ ।
ओपनर कुशल भूर्तेल दोस्रो ओभरको दोस्रो बलमा १ रन बनाएको अवस्थामा रोहन मुस्तफाको बलमा आउ ट भए । अर्का ओपनर आशिफ शेख पनि सातौं ओभरको पहिलो बलमा आयन अफजल खानबाट ८ रन बनाएको अवस्थामा आउट भए । त्यसपछि ब्याटिड. सम्हालेका कप्तान रोहित पौडेल पनि आठौं ओभरको अन्तिम बलमा १ रन बनाएको अवस्थामा आउट भए । अहिले खेल १६ औं ओभरमा चलिरहेको छ । नेपालका गुल्शन झा र भीम सार्कीले ब्याटिड. सम्हालिरहेका छन् । खेल ३७ । ३को अवस्थामा छ ।


















