Prakash Adhikari May 5, 2023

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठन र विभागहरुलाई आगामी केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र बैंशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

भ्रातृ संगठन र पार्टीका विभागहरुलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उहाँले बताउनुभयो। महतले भातृ संगठनहरुको आकार केहि बढ्न सक्ने उल्लेख गर्नुभयो।

नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारवाही गर्नका लागि कांग्रेसले सघाउने पनि उहाँले बताउनुभयो।

अर्थमन्त्री समेत रहनुभएका डा. महतले अपराधिक क्रियाकलापका सहभागीलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउनुपर्ने भन्दै गैर कानूनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

Share Now

Leave a comment.