राजा चार्ल्स तृतीय र रानी कमिलाको राज्याभिषेकका केही झलक
लण्डन(संयुक्त अधिराज्य), २३ वैशाख । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको भव्य कार्यक्रमसहित राज्याभिषेक भैरहेको छ । वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच उहाँले राजमुकुट पहिरिनुभएको हो। तस्बिरमा राज्याभिषेकका केही झलकहरुः
वेस्टमिन्स्टर एबीमा विशेष समारोहबीच राजा चार्ल्स तृतीय र रानी कमिलाको राज्याभिषेक भएको हो।



राज्याभिषेक समारोहमा सहभागी हुने क्रममा राजकुमार ह्यारी।

ब्रिटिश प्रधानमन्त्री ऋषि सुनक आफ्नी श्रीमतीसहित राज्याभिषेक समारोहमा पुगेका थिए।

राज्याभिषेकमा सहभागी हुने क्रममा अमेरिकी प्रथम महिला जिल बाइडन

राज्यभिषेक समारोहमा उपस्थितिका लागि समारोह स्थलतर्फ लाग्दै गरेकी गायिका केटी पेरी।

राज्याभिषेक समारोह हेर्नका लागि ठूलो सङ्ख्यामा सर्वसाधारण घण्टौँसम्म लाइन बसे।

राज्याभिषेकका लागि विश्वभरिबाट अतिथिहरू आइरहँदा कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए।

|राजसंस्थाविरोधी समूहका केही मानिसले विरोध जनाएका थिए।


















