Prakash Adhikari May 8, 2023

 

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय माग गरेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएपछि उहाँले कटिमाथिका कपडा उतारेर संसदमा विरोध जनाउनुभएको छ ।

बैठकमा सिंहले अभद्र व्यवहार देखाएको भन्दै सभामुख देवराज घिमिरेले संसद नियमावलीको नियम ३० अनुरुप कारवाही गर्ने चेतावनी दिएपछि उहाँले फुकालेको लुगा लगाउनुभएको थियो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० को व्यवस्था अनुसार सभामुख घिमिरेले सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्नका लागि चेतावनी दिन सक्ने व्यवस्था छ । चेतावनी पाएपछि अभद्र व्यवहार गर्ने सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । त्यसै अनुसार सांसद सिंहले आफूले फुकाएको लुगा लगाउनुभएको थियो ।
सांसद सिंहले फुकालेको लुगा नलगाएृको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गर्नुभएको थियो । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था छ ।

नियम २० को चेतावनी पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्छ । बैठकबाट निष्काशन भइसकेपछि उक्त दिनको बाँकी अवधिको बैठकमा निष्काशन भएको सांसद उपस्थित हुन नपाउने व्यवस्था छ ।

सभामुखको ओदश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्ने व्यवस्था छ । मर्यादापालकको सहयोगबाट निष्काशन सदस्यले त्यसपछिको तीन दिनसम्म सभाम वा कुनै समितिको भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले त्यसको स्रूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।

Share Now

Leave a comment.