Prakash Adhikari May 8, 2023

लण्डन(संयुक्त अधिराज्य), २५ वैशाख । परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटनुभएको छ।

राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भइसकेपछि उहाँले दुवैजनासँग भेट गर्नुभएको हो।

भेटमा साउदले राज्यारोहण गरेकोमा राजा चार्ल्सलाई बधाई पनि दिनुभएको थियो।

उहाँले बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ।

परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले भेटमा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो दिइएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताउनुभएको छ।

‘बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिँदा हुन्छ म आउँछु तर अलि ढिला हुन्छ भन्नुभयो,’ परराष्ट्रमन्त्री साउदको भनाइ उद्धृत गर्दै जोशीले भन्नुभयो।

मन्त्री साउद वैशाख २१ गते राजा चाल्र्सको राज्याभिषेकमा सहभागी हुन बेलायत जानुभएको थियो । वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

Share Now

Leave a comment.