Prakash Adhikari May 17, 2023

 

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ। सोमबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

यससँगै डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ।

नयाँ मूल्य दर मध्यरात १२ बजेदेखि नै लागू भएको निगमले जनाएको छ ।

यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो।

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैया रहेको छ भने एलपीजी ग्याँसको मूल्य प्रति सिलिण्डर रु १८०० रहेको छ ।

 

 

सायद पाठ को फोटो हुनसक्छ

Share Now

Leave a comment.