Prakash Adhikari May 19, 2023

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ पर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा काठमाडौं प्रहरी परिसरको टोलीले रिजाललाई पक्राउ गरेको हो ।

बिचौलियाको बयानको आधारमा उहाँमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा रिजालले लामो समयदेखि पैरवी गर्दै आइरहनुभएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा उहाँको नाम मुछिएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

 

Share Now

Leave a comment.