जनकपुरधाम(धनुषा), ७ जेठ ।जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ ।
बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।
आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौँ ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुध्द एयरले सूचनामा उल्लेख गरेको छ । कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।
हिजो जनकपुरमा 'मुसा' देखिएपछि, रोकिएका जहाज 9N-AJL आज विहान ट्रयापमा 'मुसा' भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँच गरि २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो । आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरि आज दिउँसोबाट…
— Buddha Air (@AirBuddha) May 21, 2023


















