काठमाडौं, ९ जेठ । सोमबार नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी.ले ब्याजदर घट्दो क्रममार रहेको र एकल अंकमा आउने दावी गरेसँगै मंगलबार त्यसको असर शेयर बजारमा देखिएको छ ।
मंगलबार नेपालको शेयर बजार उकालो लाग्यो । यस दिन धितोपत्र बजार परिसूचक ५१.३१ अंक अर्थात २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ।
यस दिन २ सय २२ कम्पनीको ६० लाख ६७ हजार ४ सय ३२ कित्ता शेयर खरिदबिक्रीबाट २ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबार रकम करिब ३ महिना यताकै उच्च हो। यस अघि गत फागुन १४ गते साढे २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जीव्न बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
Symbol | Current | Chng | Chng % |
---|---|---|---|
Banking SubIndex | 1,244.11 | 21.28 | 1.74 |
Development Bank Index | 3,592.72 | 82.86 | 2.36 |
Finance Index | 1,648.29 | 51.54 | 3.23 |
Hotels And Tourism Index | 3,838.49 | 131.07 | 3.54 |
HydroPower Index | 2,436.09 | 64.84 | 2.73 |
Investment Index | 66.83 | 1.83 | 2.81 |
Life Insurance | 9,982.57 | 365.34 | 3.80 |
Manufacturing And Processing | 4,701.27 | 183.00 | 4.05 |
Microfinance Index | 3,535.56 | 137.11 | 4.03 |
Mutual Fund | 13.80 | 0.08 | 0.55 |
Non Life Insurance | 9,437.02 | 355.21 | 3.91 |
Others Index | 1,380.71 | 31.98 | 2.37 |
Trading Index | 2,195.76 | 80.31 | 3.80 |
मंगलबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन १४ कम्पनीको शेयर मूल्य घटेको छ। मूल्य घट्ने कम्पनीहरुमा सनराईज म्युचुअल फण्ड, ग्लोबल आईएमई डिबेञ्चर, लक्ष्मी उन्नती कोष, लक्ष्मी बैंक डिबेञ्चर ८८,आदर्श लघुवित्त, एनआईसी एशिया डिबेञ्चर, किसान लघुवित्त लगायत रहेका छन् ।
Top Losers
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल टेलिकमको करिब ९ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
Top Turnover
नेकपा माओवादी नेतृत्वको प्रचण्ड सरकारमा नेपाली कांग्रेस लगायतका दलहरु थपिएपछि नेपाल स्टक एक्सचेञ्ज अहिलेसम्मकै माथिल्लो उचाईमा पुगेको हो ।