काठमाडौं, १० जेठ । नेपालको शेयर बजार सातौँ कारोबार दिन निरन्तर उकालो लागेको छ। गत साताको मंगलबारदेखि उकालो लागेको नेप्से आज पनि उकालोमा नै रह्यो । विगत ७ कारोबार दिनमा नेप्से परिसूचक १४१.७८ अंक बढेको छ।
आज नेपालको धितोपत्र बजार परिसूचक १६.४९ अंक बढेर १९५९.१२ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २ सय ७० थरी शेयरका ४८ लाख ६५ हजार ४ सय ठ५ कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैया ९ पैसा बराबरको कारोबार भएको छ।
यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४।६९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशतबढेको छ भने लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
Symbol | Current | Chng | Chng % |
---|---|---|---|
Banking SubIndex | 1,246.26 | 2.15 | 0.17 |
Development Bank Index | 3,593.02 | 0.30 | 0.01 |
Finance Index | 1,640.84 | -7.45 | -0.45 |
Hotels And Tourism Index | 4,009.96 | 171.47 | 4.47 |
HydroPower Index | 2,428.58 | -7.51 | -0.31 |
Investment Index | 67.18 | 0.34 | 0.51 |
Life Insurance | 10,102.78 | 120.20 | 1.20 |
Manufacturing And Processing | 4,921.93 | 220.66 | 4.69 |
Microfinance Index | 3,612.67 | 77.11 | 2.18 |
Mutual Fund | 13.77 | -0.03 | -0.21 |
Non Life Insurance | 9,558.46 | 121.45 | 1.29 |
Others Index | 1,401.80 | 21.09 | 1.53 |
Trading Index | 2,230.91 | 35.15 | 1.60 |
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटल,आशा चौतारी लघुवित्त,धौलागिरी लघुवित्त र हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
Top Gainers
यस दिन १ सय ३१ स्टकको मूल्य बढेको छ । ८३ स्टकको घटेको छ र ७ वटाको यथावत रहेको छ ।
यस दिन अधिक मूल्य घट्ने कम्पनीका शेयरमा सानिमा इक्विटी फण्ड, अजोड इन्स्योरेन्स, सानिमामाई हाइड्रोपावर कम्पनी, एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड २, लिवर्टी इनर्जी ,कर्पोरेट विकास बैंक,बिन्दवासिनी हाइड्रो,तमोर हाइड्रो,हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन् ।
Top Losers
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेशनल लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर कारोबार भएको छ। त्यस्तै हिमालयन डिष्टिलरी, सोल्टी होटल लिमिटे, ओरियण्टल होटल,नेपाल टेलिकम,नेष्डो,एभरेष्ट बैंक, तारागाउँ रिजेन्सी होटल र नेपाल पुनर्बीमा कम्पनीको शेयरको अधिक रकमको कारोबार भएको छ ।
Top Turnover