Prakash Adhikari April 12, 2018

 

काठमाडौं, २८ चेत्र ।मिस नेपाल २०१८’को उपाधि हेटौंडाकी श्रृंखला खतिवडाले जितेकी छन्। होटल अन्नपूर्णमा बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला?’ भन्ने प्रश्न सोधेका थिए।

उत्कृष्ट जवाफ दिएर श्रृंखलाले ‘मिस नेपाल २०१८’को उपाधिमा कब्जा जमाएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड’ निकिता चण्डकले ताज पहिराएकी हुन्।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देल र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितिन्। उपाधिसँगै उनीहरूले १ लाख नगद पुरस्कार हासिल गरेका छन्।

कसले कुन विधामा उपाधि जिते

मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा (हेटौडा)
मिस नेपाल यूनिभर्स – मनिता देवकोटा
मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौं)
मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौं)
मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौं)
मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौं)
पपुलर च्वाइस-शृंखला खतिवडा (हेटौडा)
मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
मिस फ्यासिनो- शृंखला खतिवडा (हेटौंडा)
मिस कन्फिडेन्स- आस्था शाख (भक्तपुर)

Share Now

Leave a comment.