Prakash Adhikari May 30, 2023

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका युवा नेताहरुले आरम्भ गरेको रुपान्तरण अभियानले आज वागमती प्रदेशस्तरीय भेला र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

अभियानका अगुवामध्येका संविधानसभा सदस्य रञ्जित कर्णले आशा खबरलाई दिनुभएको जानकारी अनुसार आज मध्यान्ह १२ः३० बजे बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भेला र अन्तरक्रिया कार्यक्रम राएिको छ ।

नेपाली कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन गरेर नेपाली नागरिकका आकांक्षा तथा आवश्यकतालाई पूरा गर्न सक्षम कांग्रेस बताउने उद्देश्यले यो अभियान आरम्भ भएको हो ।

यो अभियानको नेतृत्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेता गुरु घिमिरे, रञ्जित कर्ण,भरत खड्का, देवराज चालिसे, भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य, पेशल आचार्य लगायतका नेताहरु रहनुभएको छ ।

जेठ २ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आरम्भ भएको रुपान्तरण अभियानले पहिलो प्रदेश सभास्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम जेठ ११ गते जनकपुरमा सम्पन्न भैसकेको छ ।

यस अभियानका अगुवाहरुले कांग्रेसको कमी, कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएको बताएका छन् ।
अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ।

 

Share Now

Leave a comment.