Prakash Adhikari April 13, 2018

बुटवल(रुपन्देही),२९ चैत । प्रदेश ५ को सरकारले प्रदेशको समग्र अवस्था झल्काउने स्थितिपत्र सार्वजनिक गरेको छ ।

प्रदेशका मुख्य मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले बिहीबार प्रदेशसभा बैठकमा स्थितिपत्र प्रस्तुत गरेका थिए ।

अवस्थिति पत्रमा प्रदेश नं ५ खाद्यान्न र तेलहन उत्पादनमा पहिलो र उर्जा उत्पादनमा छैठौं स्थानमा रहेको छ । अन्य धेरै सूचकांकमा चौथो स्थानमा छ ।

प्रदेशभित्र पनि अन्तरजिल्लागत विभेद र असमानता ज्यादै उच्च देखिएको स्थिति पत्रमा उल्लेख गरिएको छ ।

‘स्थिति पत्र’मा प्रदेशआर्थिक (सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रको अवस्था उल्लेख छ ।https://drive.google.com/open?id=1LWFrh6okmaHPOvzBDKeZPY0eP2dVqcAp

Share Now

Leave a comment.