अण्डरसल्ट, लण्डन(संयुक्त अधिराज्य बेलायत), १ बैशाख । नयाँ वर्ष २०७५ को स्वागतमा आयोजित ‘नेप्लिज न्यू इयर नाइट २०७५’ सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालबाट आएका कलाकारहरुले संगीतमय साँझलाई निकै मनोरञ्जनात्मक बनाएका थिए । साँझ ८ बजेदेखि सुरु भएको कार्यक्रम राति १२ बजे नयाँ वर्षलाई स्वागत गरेर सकिएको थियो ।
अल्डरसटस्थित प्यालेसमा आयोजित कार्यक्रममा नेपालबाट आएका चर्चित गायिका प्रिती आले, नायिका छुल्थिम गुरुङ र मोडेल तथा डान्सर रश्मी तामाङले बेलायतमा बसेका नेपालीहरुलाई नचाए । कार्यक्रममा स्थानीय मोडल तथा नृत्य कलाकार स्नेहा गुरुङ र गायिका निकिता मगरको प्रस्तुति रह्यो ।
एनआरएनए यूके सल्लाकार हेम गुरुङको स्वागतमा भएको कार्यक्रममा नायिका छुल्थिम गुरुङ र एनआरएन यूकेका महासचिव आर के त्रिपाठीले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
साहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएन आईसीसी सदस्य शान्ति थापा कुँवर, एनआरएन यूकेका उपाध्यक्षहरु प्रेम गाहा मगर, सुशीला राई, पुनम गुरुङ, एनआरएन यूकेका पूर्वअयक्ष सूर्य गुरुङ, तमु धीं लन्डन ईकाईका पूर्वअध्यक्ष डेभिड गुरुङ, एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङ, समाजसेवी युवा ज्ञान गुरुङ र प्रकाश कँडेल, एनआरएन यूकेका धार्मिक विभाग संयोजक होमनाथ पौडेललगायतको उपस्थिति थियो ।