सानेपा(ललितपुर), ३ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बैशाख ७ गतेदखि पुन बस्ने भएको छ ।
२०७४ साल चैत्र ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक बैशाख पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण अनिश्चित समयका लागि स्थगित भएको थियो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार केन्द्रीय समितिको बेठक बैशाख ७ गते विहानको ११ः०० (एघार) वजे पार्टी केन्द्रीय कार्यालय, वी.पी.स्मृति भवन, वी.पी. नगर,सानेपा ललितपुरमा बस्ने छ ।


















