Prakash Adhikari April 16, 2018

काठमाडौं, ३ बैशाख । सोमबार नेपालको शेयरबजारले सकारात्मक लय समातेको छ ।

सोमबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनमा १७.४२अंकले बढेर १२९७.५७ मा अडेको छ । यो अघिल्लो दिनको तुलनमा १.३६ प्रतिशतको बढोत्तरी हो ।

आज कारोबारमा आएका १ सय ६७ कम्पनीका ११ लाख ७८ हजार ७ सय ३८ कित्ता शेयर खरिद बिक्रिबाट ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपियाँको कारोबार भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुरुप क्रिष्टल कञ्चनजंघा ब्रोकर एजेन्सीले आइतबारबाट सेमी अनलाईन धितोपत्र कारोबार शुभारम्भ गरेको र सबै ब्रोकरहरुलाई इन्टरनेटको माध्यमबाट खरीद विक्री आदेश स्वीकृत गरी कारोबार गर्न निर्देशन दिइएकोले बजारमा सकारात्मक सन्देश गएको छ ।

यसले धितापत्रको कारोबारको दायरा ब्यापक बनेर मागमा बृद्धि हुने अवस्था सिर्जना भएकोले बजारमा तेजी आएको हो ।

सोमबार कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

आज प्रभु इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड ८७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, कुमारी बैंक, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र नेपाल लाईफ इन्स्योरेन्स रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2018-04-16 15:00:00
PRIN 28,796,058.00 725.00
PIC 23,972,251.00 1,148.00
GLICL 22,418,644.00 920.00
NIL 18,883,491.00 599.00
SLICL 17,429,332.00 918.00
NLICL 17,361,704.00 1,280.00
KBL 17,296,167.00 254.00
NLG 13,956,114.00 927.00
SIL 13,857,625.00 926.00
NLIC 13,013,871.00 1,180.00

आज प्रुडेन्शियल इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत, नेपाल इन्स्योरेन्सको शेयर मूल्य ९.९७ प्रतिशत, युनाईटेड इन्स्योरेन्सको शेयर मूल्य ९.९४ प्रतिशत , एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2018-04-16 15:00:00
PICL 770.00 10
GILB 1,123.00 9.9902
NICL 673.00 9.9673
UIC 1,029.00 9.9359
ALICL 789.00 9.8886
MSMBS 700.00 9.375
VLBS 864.00 8
GUFL 124.00 7.8261
PLIC 694.00 7.5969
PRIN 725.00 7.5668

बढी कमाउनेको सूचिमा यिनका अतिरिक्त महिला सहयात्रा लघुवित्त,विजय लघुवित्त,गोर्खा फाइनान्स, प्राइम लाईफ र प्रभु इन्स्योरेन्स रहेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी हरुले ९.९५ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा राधि बिद्युत, नेपाल बंगलादेश बैंक लगायत रहेका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2018-04-16 15:00:00
NLICP 787.00 -9.9542
RADHI 198.00 -3.4146
NBB 240.00 -3.2258
SEOS 11.70 -1.9279
LVF1 10.93 -1.8851
MLBBL 1,080.00 -1.8182
CCBLPO 182.00 -1.6216
SAEF 9.65 -1.5306
RHPC 132.00 -1.4925
MIDBL 205.00 -1.4423

आज कुमारी बैंकको सबैभन्दा धेरै ६८ हजार ६ सय ३८ कित्ता शेयर खरिद बिक्रि भएको छ भने प्रिमियर इन्स्योरेन्सको सबै भन्दा धेरै ४ सय ३१ पटक शेयर खरिद बिक्रि भएको छ ।

Share Now

Leave a comment.