काठमाडौं, ४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
पार्टी एकताको बाँकी कामलाई मूत रुप दिन दिन बैठक बसेको हो ।
एकीकृत पार्टीको केन्द्रीय तदर्थसमिति र अन्य राजनीतिक र दलीय संरचनामा दुवै पार्टीबाट आएका प्रतिनिधिको हिस्सा बराबर हुनुपर्ने माग माओवादीले राखेपछि लामो समयसम्म बैठक बस्न सकेको थिएन।
पार्र्टी एकीकरणको विषयलाई निश्कर्षमा पुर्याउन सोमबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच डेढ घण्टा लामो छलफल भएको थियो।