Prakash Adhikari April 17, 2018

काठमाडौं, ४ वैशाख । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख १२ गतेदेखि सर्वसाधारणका लागि (आइपीओ) शेयर निष्काशन गर्ने भएको छ ।

संस्थाले यसका लागि आह्वान पत्र सार्वजनिक गरेको छ । लघुवित्तले सय रुपैयाँ अंकित मूल्यमा एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

आइपीओ छिटोमा वैशाख १६ गते बन्द हुनेछ पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १० गते सम्म आवेदन दिन सकिनेछ ।
इच्छुक आवेदकले न्युनतम् ५० कित्तादेखि अधिकतम ९ सय कित्ता सम्म आवेदन गर्न सक्नेछन्।

हाल लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैंया रहेको छ । संस्थापकतर्फबाट ४ करोड २० लाख रुपैंया पूँजी चुक्ता हुने क्रममा रहेको लघुवित्तले सर्वसाधारणलाई एक करोड ८० लाख रुपैंयाको शेयर बिक्री गरेपछि चुक्तापूँजी ६ करोड पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा विक्रि प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

२०७१ मंसिर ८ गतेबाट सिन्धुपाल्चोकको फटकसिलाबाट कारोवार शुरु गरेको लघुवित्तले हालसम्म ४ हजार ७ सय जना सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ ।

लघुवित्तले सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा ८ वटा शाखा कार्यालय मार्फत २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

Share Now

Leave a comment.