भरतपुर(चितवन), ५ बैशाख । चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसंग आफ्नो पार्टीको एकता बैशाख महिनामै हुने बताएका छन् ।
चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले थपे ‘अब कोशिष गर्दै छौं, आज हामी सबै देशभरि पुगेका छौं, भोलि फर्किएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति ‘फिक्स’ हुन्छ ।’
यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।
अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको दावी गरे ।
‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उनले भने ।


















