कल्याणपुर(सिरहा), ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत रामदुलारी मावि कल्याणपुर सिराहामाु दुई विद्यार्थी भर्ना गराएका छन् ।
प्रधानमन्त्रीको अभिभावकत्व ग्रहण गर्न पाउने भाग्यमानी विद्यार्थीहरुमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम) परेका छन् ।
प्रधानमन्त्री ओलीले विद्यार्थी अभियानमा सहभागी भई निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्र्याउन सबैलाई आग्रह गरेका छन् ।




















