Prakash Adhikari April 20, 2018

 

काठमाडौं, ७ बैशाख । काठमाडौबाट क्वाललम्पुर उड्न लागेको मालिन्दो एयरको जहाज रनवेमा चिप्लिएर घाँसैमैदानमा पुगेपछि अबरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै खुलेको छैन ।

बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको छ।

विदेशबाट यात्रु लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्काइएका छन् भने स्वदेशबाट विदेश जाने कुनै पनि जहाजले उडान गर्न पाएका छैनन्।

यस्तै आन्तिरिक तर्फ पनि भिएफआर प्रविधिका जहाजको मात्र उडान अवतरण भएको छ भने आईएफआर प्रविधिको उडान अवतरण रोकिएको विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीले बताए।

मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहे पनि अझैसम्म हटाउन सकिएको छैन।

जहाजलाई अहिले डोरीको साहायताबाट जहाज तानेर रनवेमा ल्याई पार्किड. वे मा ल्याउने प्रयास जारी छ। जहाज सानो भएकाले हामी यसलाई तान्न कठिनाई छैन् तर जहाजको सम्पूर्ण सुरक्षालाई ध्यानमा राख्दै सुस्तरी तानिएकोले एअरपोर्ट खुल्न केही समय लाग्ने अवस्था छ ।

रन वेबाट चिप्लिएर चौरमा पुगे पनि जहाजमा कुनै मानवीय क्षति भएको छैन।

Share Now

Leave a comment.