Prakash Adhikari September 3, 2023

काठमाडौं, १७ भाद्र । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोट खेलमा आज भुटानसँग भिड्दै छ ।

नेपाल र भुटानको खेल नेपाली समय अनुसार बिहान ७ः१५ मा युनिभर्सिटी केबनसाड. मलेशिया ओभल क्रिकेट मैदानमा सुरु भएको छ । नेपालले टस जितेर बलिड. रोजेको छ ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल लगभग पक्कापक्की जस्तै बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २.५ ओभरमै पूरा गरेको थियो ।

 

सीता रानामगर, इन्दु बर्मा र रुविना क्षेत्री बेलबासे नेपालका प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीको ब्याटिङ र बलिङ दुबै निकै महत्वपूर्ण हुनेछ । नेपाल कमजोर भुटानमाथि सहज जित हात पार्न चाहन्छ ।

नेपालले भने आक्रामक रुपमा रन जोड्न आवश्यक देखिन्छ । बहराइनसँगको खेल बाहेक अन्यमा नेपालले निकै सुस्त गतीमा ब्याटिङ गर्दै आएको छ । तीव्र गतिका बलर अश्मिना कर्माचार्य र कविता कुँवरको जोडी भुटानलाई घातक बन्नसक्छ ।
बलिड.मा खुशी डंगोलले पनि राम्रो प्रभाव जमाउँदै आएकी छिन् ।

भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो । बहराइनलाई ८ विकेटले हराएको थियो । भुटानकी कप्तान देखेन वांग्मो, कर्मा देम्बा र अन्जु गुरुङ प्रमुख खेलाडी हुन् ।

तीव्र गतिकी बलर अन्जु भुटानकी प्रमुख हतियार हुन् । विदेशी लिग समेत खेल्दै आएकी भुटानी अन्जु नेपाली ब्याटरलाई निराश बनाउन सक्छिन् । नेपाल र भुटानबीच दुई खेल भएको छ । दुबै खेलमा नेपालले सहज जित हात पारेको छ ।

नेपालले मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।

शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।

Share Now

Leave a comment.