काठमाडौं, १७ भाद्र । काठमाडौंका मेयर बालेन्द्र साहले नेपाल सरकारलाई चोरको उपाधि दिंदै ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने कडा अभिव्यक्ति दिनुभएको छ । शनिवार बेलुका राखिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमा ब्यापक समर्थन र आलोचना पनि भएको छ।
सामाजिक सञ्जालमा प्रायः उत्तेजक स्टाटस लेखिरहने मेयर बालेन्द्रले शनिबार राति लेख्नुभएको थियो, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
तर स्टाटसमा उहाँले सन्दर्भ खुलाउनुभएको छैन् ।
ट्राफिक प्रहरीले दिएको जानकारीमा भने शनिबार राति बालकुमारीबाट कोटेश्वरतिर एउटा सरकारी नम्बर प्लेटको गाडी तीव्र गतिमा आइरहेको थियो। नियमित चेकजाँचका क्रममा कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले उक्त गाडीलाई रोकेर सोधपुछ गरेको थियो। जसमा मेयर शाहकी श्रीमती हुनुहुँदो रहेछ।
नियमित चेकजाँचका क्रममा शनिबार राति साढे ८ बजेतिर कोटेश्वरमा ट्राफिक प्रहरीले महानगरपालिकाको गाडीलाई रोकेर सोधपुछ गरेको थियो। महानगरका चालकले चलाएको सरकारी गाडी भएकोले ट्राफिकले सामान्य सोधपूछ गरेरै छोडेको थियो ।
चेकजाँचका क्रममा सरकारी नम्बर प्लेटको गाडी देखिएपछि अनुमति (पास) लिइएको छ कि छैन भनेर सोध्दा छैन भन्ने जवाफ आएपछि ट्राफिक प्रहरीले गाडी छाडेको थियो।
सो घटनापछि श्रीमती घर पुग्नासाथ मेयर शाहको स्टाटस भाइरल भयो जसमा लेखिएको थियोः