Prakash Adhikari September 3, 2023

 

काठमाडौं, १७ भाद्र । नेपालआर्थिक पत्रकार संघ(सेजन)को भाद्र १६ गते शनिवार भएको निर्वाचनले सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नेपालका आर्थिक पत्रकारहरुको संस्थाको रुपमा स्थापित सेजनको हिजो भएको निर्वाचनमा अध्यक्षमा सुजन ओली, उपाध्यक्षमा विनय बञ्जारा,महासचिवमा विश्वास रेग्मी(निर्विरोध),सचिवमा सोभित थपलिया कोषाध्यक्षमा अच्युत पुरीलाई निर्वाचित गरेको छ ।

त्यस्तै सदस्यहरुमा केशु लामिछाने, हेमन्तराज जोशी,ममता थापा,बसन्तराज उप्रेती र छवि सापकोटा विजयी हुनुभएको छ ।

Share Now

Leave a comment.