कोलम्बो(श्रीलंका), १८ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंकाको राजधानी कोलम्बोस्थित पोलेकेले रंगशालामा मित्र राष्ट्र भारतको राष्ट्रिय क्रिकेट टिमसंग एसिया कपमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः१५ मा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा भारतविरुद्ध खेल्दैछ ।
आजको खेल नेपालक क्रिकेट प्रेमीहरुले निकै व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । किनकी नेपाली राष्ट्रिय टिमले भारतीय राष्ट्रिय टिमसंग खेल्न पाएको दुर्लभ अवसर मध्ये यो पहिलो अवसर हो । छिमेकमै रहेर पनि नेपाल पहिलो पटक भारतीय राष्ट्रिय टिमसंग पहिलो पटक खेल्दै छ ।
ा
निर्धारित कार्यक्रम अनुसार नेपाली समय अनुसार दिउँसो २ः ४५ मा नेपालका रोहित पौडेल टसका लागि जानेछन् । उनले टस भारतीय कप्तान रोहित शर्मासंग टसमा सहभागिता जनाउने छन् ।
विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँग खेल्ने दुर्लभ अवसर नेपाली खेलाडीले पाउनेछन् । विश्वकपपछि रोहित शर्माले सन्यास लिने सम्भावना रहेको भारतीय मिडियाहरुले लेखेका छन् । कोहली पनि अव भारतीय टोलीबाट धेरै लामो समय खेल्ने छैनन् ।भारतीय टिमका श्रेयस ऐर, ईशान किशन र हार्दिक पान्ड्याले गर्दा भारतको मध्यक्रम मजबुत छ ।
भारतले आफ्ना बेन्चमा रहेका तिलक बर्मा र सूर्यकुमार यादवलाई मौका दिनसक्छ । रविन्द्र जडेजा अलराउन्डरको रुपमा खेल्नेछन् । बलिङमा उनले कुलदीप यादवलाई साथ दिनेछन् । मोहम्मद शामी, मोहम्मद शिराज र शार्दुल ठाकुर तीव्र गतिका बलर हुनेछन् ।
भारतका प्रमुख बलर जस्प्रित बुमराहले भने नेपालसँगको खेल गुमाउनेछन् । उनी ब्यक्तिगत कारण भारत फर्किएका छन् । भारतले बुमराहको स्थानमा शामीलाई खेलाउनेछ ।
नेपालको टोलीमा खासै परिवर्तनको सम्भावना छैन् । ललितनारायण राजवंशी आज टिममा खेल्ने संभावना छ।
नेपालका कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख र आरिफ शेख भरपर्दा ब्याटर हुन् । कप्तान रोहित र कुशल भुर्तेल सम्हालिन सकेमा नेपालको प्रदर्शन पाकिस्तानको भन्दा निकै सुधारिने छ । कुशल मल्ल र गुलशन झाको प्रदर्शनमा धेरैको नजर हुनेछ ।
तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामी हुनेछन् । पावर प्लेमा दुबै बलरले राम्रो प्रदर्शन गर्दै आएका छन् । डेथ ओभर नेपाली क्रिकेटको ठूलो समस्या हो । सन्दीप भारतलाई घातक बन्न सक्छन् । सन्दीपले २०१८ देखी २०२१ सम्म आइपिएलमा भारतका सबै खेलाडीविरुद्ध खेलेको अनुभव छ ।
विदेशी लिग खेलेका हुँदा सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपाले चमात्कार प्रदर्शन गर्न सक्छ । नेपाल सन्दीपबाट चमत्कारी प्रदर्शन चाहन्छ । २०२१ देखि आइपिएलमा नभएका सन्दीपलाई आफ्नो खेल देखाउने यो सबैभन्दा राम्रो अवसर समेत हो ।
उच्च मनोबलसाथ खेल्न सुझाव
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवालले भारतसँग खेल्नुअघि राष्ट्रिय टोलीका खेलाडीहरूलाई सुझाव दिँदै भने, “टाउको उठाएर खेल। यो सङ्घर्षले जितेको अधिकार हो।”
एशिया कप क्रिकेटमा सोमवार भारतसँग आमने सामने हुँदा नेपाली खेलाडी भारतसँग ऐतिहासिक पहिलो भेटमा दंगमात्र पर्ने छैनन् । हरेक नेपाली खेलाडी भारतीय खेलाडीका सामु आफूलाई उत्कृष्ट सावित गर्न दिलोज्यान लगाएर खेल्ने अदम्य साहस लिएर मैदानमा उत्रिने छन् । हरेक बलर भारतीय ब्याटरको विकेट लिने दाउमा हुने छन् भने नेपाली ब्याटरहरु मैदानमा टिकेर भारतका सामु उच्च स्कोर बनाउन अग्रसर हुने छन् । यो दुर्लभ खेलमा सुनिश्चित नभएको बलमा चौका र छक्काको प्रयोग गरेर आफूले पाएको ऐतिहासिक अवसर खेरजान दिने छैनन् ।
ओपनिड. ब्याटर कुशल मैदानमा टिक्नसके भने चमत्कार हुन पनि सक्छ, नेपालले भारतलाई जित्न नसक्ने भन्ने हुँदैन । खेल हो, प्रतिस्पर्धी मध्ये मिहेनत बढी गर्नेलाई भाग्यले साथ दिन्छ । भारत र पाकिस्तानको श्रीलंकाको भिडन्त हेर्दा भारतका ब्याटरहरुको विकेट लिन त्यति कठिन नभएको निश्कर्ष निकाल्न मिल्छ ।
आजको खेलमा नेपाली खेलाडीहरुले दर्शकहरूको समर्थन पनि पाउने छन् । नेपालका धेरै क्रिकेटप्रेमीहरु नेपाली खेलाडीहरुलाई उत्साहित गराउन कोलम्बो पुगिसकेका छन् । जुन समर्थन नेपाली खेलाडीले पाकिस्तानमा पाउन सकेका थिएनन् ।
वर्षौँदेखि क्रिकेटको अन्तर्राष्ट्रिय खेलमा छिमेकी भारतको समर्थन गर्दै आइरहेका ठूलो सङ्ख्याका नेपाली समर्थकहरू पहिलो पटक आफ्नै देशको टिमको समर्थन गर्दै छन्।
पाकिस्तानको पाठ श्रीलंकामा उपयोगी
भारतसँग खेल्न लागेको नेपाली टोली पाकिस्तानसँग खेलेको टोलीभन्दा फरक भइसक्यो।
किनकि पाकिस्तानसँग खेलेर नेपाली खेलाडीहरूले त्यस स्तरको खेल कस्तो हुन्छ भन्ने स्वयं बुझ्न सकेका छन्।
भारतसँगको खेलअगाडि उनीहरूले आफ्ना कयौँ थप कमजोरी थाहा पाएका छन्। त्यो त्यसलाई सुधार्ने र आफू अनुकूल रणनीति बदल्ने अवसर समेत हो।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले बीबीसीसँग भनेका छन् , “सुधार्ने ठाउँहरू छन्। ससाना पार्टनरसिप हुनुपर्यो। आधारभूत क्रिकेट खेलेर ५० ओभरसम्म टिक्न सक्ने भारत विरुद्धको रणनीति हुनुपर्छ।”
पाकिस्तानसँगको २ सय ३८ रनको हार नेपालले हालसम्म बेहोरेको सबैभन्दा ठूलो हार हो।
ब्याटिङमा नेपालको प्रस्तुति निकै नै कमजोर देखियो।
तर समग्रमा नेपालको प्रदर्शन निरीह वा आलोचनायोग्य भने नभएको कतिपय क्रिकेट विश्लेषकहरूले टिप्पणी गरेका छन्।
एक दिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टोली विरुद्ध ४० ओभरसम्मको बलिङ त निकै प्रभावशाली थियो।

कुशल भुर्तेलको हालसम्मको स्कोर ९ सय ९४ रन हो
पाकिस्तानका क्रिकेट विश्लेषक सामी चौधरीले बीबीसी उर्दूमा लेखेका छन्, “२० ओभरसम्म नेपालले गरेको बलिङ प्रदर्शनलाई निरन्तरता दिन सकेको भए पाकिस्तानी ब्याटर अप्ठेरोमा पर्थे। ३०० आँकडामा पुग्न सक्दैनथ्यो। त्यसमा नेपालको तारिफ गर्नै पर्छ।”
उक्त खेलमा नेपाली खेलाडीहरू अतालिएका थिएनन्। बरु बढी उत्साहित भएको हुन सक्ने विश्लेषण गरिएको छ।
त्यसले गर्दा रन रोक्ने क्रममा फिल्डरहरू धेरै पटक चुक्न पुगेको देखिएको थियो।
बलिङको तुलनामा ब्याटिङ भने निराशाजनक नै मानियो। बारम्बार देखिँदै आएजस्तै महत्त्वपूर्ण बेलामा ुजिम्मेवारी पारीु खेल्न नेपाली ब्याटरहरू चुके।
पूर्वक्रिकेटर पवन अग्रवाल भन्छन्, ूलाखौँ आँखाहरूले नेपालको खेल नियालीरहेका बेलामा थप सजग हुनुपर्छ। अरू बेलामा भन्दा थप बढी मिहिनत गर्नुपर्छ।ू
भारतसँग त्यही हेक्का राखेर खेल्नुपर्ने उनको सुझाव छ।
“विपक्षीको राम्रो बलमा आउट हुनुमा कुनै गुनासो हुन्न। तर आफ्नै गल्तीमा अपरिपक्व खेलेर बाहिरियो भने चाहिँ बेमज्जा हुनेछ।”
तुलना
भारत र पाकिस्तान दुवैले नेपाली टिमलाई प्रतिद्वन्द्वीका रूपमा हेरेका छैनन्।
बरु उनीहरूसँग देखा परेका भावभङ्गी र अभिव्यक्तिले माया र हौसला बाँडिरहेकाजस्ता देखिन्छन्।
उनीहरूले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको सङ्घर्षको तारिफ प्रशंसा गरिरहेका छन्।
पाकिस्तानका विश्वकप विजेता खेलाडी वसिम अकरमले मुल्तानमा खेल्नु अगाडि भनेका थिए,” मैले नेपालको खेल नियालिरहेको छु। नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रगति गरेको छ। क्रिकेटको क्रेज राम्रो छ। भोलीको नेपाली क्रिकेट अझ ठुलो हुँदै जाने मलाई विश्वास छ।”
भारत पाकिस्तानसँग नेपाली क्रिकेटको तुलना नहुने सबै क्रिकेट प्रेमीहरूले बुझेकै छन्।
सोमवार भारतसँग खेल्दा समेत त्यो तुलना गरिने छैन।
नेपालका तीव्र गतिका बलरहरूको उच्चतम बलिङको गति १३५ किमी प्रतिघण्टा हो। जबकि त्यो भारतीय खेलाडीहरूको सामान्य गति हो।
उनीहरू औसतमा प्रतिघण्टा १५० किमीको गतिले बलिङ गर्छन्। जहाँबाट नेपालको तीव्र गतिको बलिङ सीमा समाप्त हुन्छ, उनीहरूको सुरु हुन्छ।
अब ब्याटिङको कुरा गरौँ।
विराट कोहलीको हालसम्मको स्कोर १२ हजार ८ सय ९८ रन छ।
भारतीय टोलीमा अन्तर्राष्ट्रिय खेलमा १० हजार रन पूरा गरिसकेका खेलाडीहरू छन्।
नेपालतर्फ १० अन्तर्राष्ट्रिय एकदिवसीय नखेलेका खेलाडीहरू समेत टोलीमा छन्।
५ सय रन नबनाएका खेलाडीहरू कयौँ छन्।
विराट कोहलीले १२ हजार ९ सय भन्दा धेरै रन बनाइसकेका छन्।
नेपालका कुशल भुर्तेलको हालसम्मको स्कोर ९ सय ९४ रन हो।
त्यस्तै भारतीय कप्तान रोहित शर्माले ९ हजार ८ सय ४८ रन जोड्न भ्याइसकेका छन्।
नेपाली कप्तान रोहित पौडेलको रन सङ्ख्या १ हजार ४ सय ६९ मात्र पुगेको छ।
आखिर २ सय ४५ एक दिवसीय खेलिसकेका भारतीय कप्तान रोहित र ५३ एक दिवसीय खेलेका नेपाली रोहितको तुलना न्यायोचित नहोला तर मैदानमा प्रतिस्पर्धा भने हुने छ।
त्यसैले नेपालका पूर्वकप्तान पारस खड्काले एसिया कपमा नेपाली टोलीबारे भनेका छन्, ू जुन स्तरमा नेपाली क्रिकेट पुगेको छ, हाललाई त्यसैमा रमाइलो गरौँ। नेपाली क्रिकेटबाट धेरैलाई आशा धेरै छ। यसपालि नेपाल चिनिएको छ। बस इन्जोय गरेर एसिया कपको मज्जा लिऔँ।ू
र पनि सोमवारको अपराह्न ३ः१५ बजे नेपाली समयको नेपाली समर्थकहरूलाई व्यग्र प्रतीक्षा छ।
दर्शकहरूको बढ्ता उत्सुकता सायद त्यसैमा हुनेछः विराट कोहलीको विकेट कसले लिन्छ होला?


















