Prakash Adhikari September 4, 2023

क्याण्डी(श्रीलंका), १८ भाद्र । एशिया कप अन्तरगत आज नेपाल र भारतबीच भइरहेको क्रिकेट खेल बर्षाको कारण रोकिन परेपछि एम्पाएरहरुले दुवै टोलीका कप्तान र प्रशिक्षकसंग सल्लाह गरेर ओभर घटाएर २० बनाएका छन् । ओभर घटेको हुनाले नेपालले दिएको लक्ष्य पनि घटाएर १ सय ४५ मा ल्याइएको छ।

श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा वर्षाका कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको हो।

भारतले १ सय ४५ को लक्ष्य २० ओभरमा भेट्टाउनुपर्नेछ।

ग्राउण्ड स्टाफसँगको छलफलपछी अम्पाएरले दुवै टोलीका कप्तानसँग छलफल गरेपछि ओभर घटाएका हुन्।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो।

२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।

ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्। खेल साढे १० बजे सुरु हुनेछ।

Share Now

Leave a comment.