क्याण्डी(श्रीलंका), १९ भाद्र । बर्षाको कारण प्रतिस्पर्धी भारतको लागि निर्धारित ओभर र लक्ष्य घटाइएको एसिया कपको सोमबार भएको खेलमा नेपाल१० विकेटले पराजित भएको छ ।
नेपालको पराजयमा श्रीलंकाको क्याण्डी क्षेत्रमा भएको बर्षा कारकको रुपमा उपस्थित भयो ।
टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४८.२ ओभरमा २ सय ३० रन बनाएको थियो ।
२ सय ३१ रनको लक्ष्य पाएको भारतको इनिड. सुरु भएको केही क्षणमा नै बर्षा पुनः सुरु भयो । २.१ ओभरमा नेपालले बल फाल्दा पानी परेपछि खेल प्रभावित भएको भएको थियो। त्यतिबेला भारतले कुनै विकेटको क्षति बिना १७ रन बनाएको थियो ।
क्याण्डीमा भएको बर्षाले नेपाल र भारतबीचको खेल पटकपटक रोकिएको थियो । नेपालको इनिड.मा पनि बर्षा भएको थियो । बर्षा रोकिएपछि खेल सुचारु गरिएको थियो ।
वर्षाका कारण दुइ घण्टाभन्दा बढी समय खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिको आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो।
१ सय ४५ रनको लक्ष्य भारतले विना विकेटको क्षति १७ बल अगावै भेट्टायो।
पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले १ सय ४७ रनको अविजित साझेदारी गरेपछि भारतले सहज जित निकालेको हो।
५९ बलको सामना गरेका रोहित शर्मा ६ चौका र ५ चौका हान्दै ७४ रन जोडेका थिए भने शुभमन गिलले ६२ बलमा ८ चौका र १ छक्का हान्दै ६७ रन ।
भारतलाई रोक्ने प्रयासमा नेपालका सोमपाल कामीले २ ओभरमा २३ रन खर्चे। करण केसीले ४ ओभरमा २६ रन दिए। सन्दीप लामिछानेले ४ ओभरमा ३९ र ललित राजवंशीले ४ ओभरमा २४ रन दिए। दिपेन्द्र सिंह ऐरिले २ ओभरमा ११ रन खर्चे।तर भिजेको मैदानमा फिल्डरहरु दौडन र भिजेको बल क्याच गर्न असमर्थ बनेपछि दोस्रो इनिड.लगभग एक पक्षीय रह्यो ।
त्यसअघि श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अलआउट भयो।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए।
ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए। २५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे।
पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो।
९७ बलको सामना गरेका आशिफ ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए।
गुलसन झाले २३ रन थपे। ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए।
सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तीव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे।
२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने।
आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए। ५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए।
सन्दीप लामिछाने ९ रनमा रनआउट भए। भिम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए। रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए। करण केसी २ रनमा नटआउट रहे। ललित रावंशी शून्य रनमा बोल्ड आउट भए।
भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए। १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे।
मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। ९.२ ओभर बलिङ गरेका मोहम्मदले १ मेडन राख्दै ६१ रन खर्चेर ३ विकेट लिए।
सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १ विकेट झारे। कुलदीप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेट विहिन रहे।
नेपाल पहिलो खेलमा ओडिआई वरियताको शीर्ष टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो।
पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो।
लगातार दोस्रो हारसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ।
एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्।
प्रतिस्पर्धात्मक खेलको लागि बधाई
बर्षाको कारण नेपाली बलरहरु आफ्नो क्षमता प्रदर्शन गर्न चुकेको खेलमा नेपाली ब्याटरहरुले गरेको प्रदर्शन भने प्रशंसायोग्य रह्यो ।
हिजो खेलपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भन्नुभएको छ, “अन्तिम परिणाम जेसुकै आएपनि नेपालले भारतसंगको एशिया कप क्रिकेट प्रतियोगितमा ४८।२ ओभरमा २३० रन बनाएर आफ्नो अन्तर्राष्ट्रिय हैसियत सधैंकालागि स्थापित गरेको छ१ बधाइ टिम नेपाल १ नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ। राज्यले यो तथ्यलाई आत्मसात गर्दै तुरून्तै अन्तर्राष्ट्रिय स्तरका क्रिकेट पूर्वाधार निर्माण र खेलाडीहरूलाई उचित प्रोत्साहनको व्यवस्था गरोस्। खेलक्षेत्रमा लगानी समग्र आर्थिक विकास र देशको श्रीवृद्धिनिम्ति लगानी हो भन्ने नभुलौं ।”
अन्तिम परिणाम जेसुकै आएपनि नेपालले भारतसंगको एशिया कप क्रिकेट प्रतियोगितमा ४८.२ ओभरमा २३० रन बनाएर आफ्नो अन्तर्राष्ट्रिय हैसियत सधैंकालागि स्थापित गरेको छ! बधाइ टिम नेपाल ! नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ। राज्यले यो तथ्यलाई आत्मसात गर्दै तुरून्तै अन्तर्राष्ट्रिय स्तरका क्रिकेट…
— Baburam Bhattarai (@brb1954) September 4, 2023
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भन्नुभएको छ,”विश्व विजेता बनिसकेको देश भारतलाई २३१ रनको लक्ष्य, टिम नेपालले दिनु शानदार प्रदर्शन मात्रै होइन, एक ढंगले जित नै हो । परिणामको गणित जे आउला, मैदान र मन नेपालले जितेको अनुभुती भएको छ िबधाई टिम नेपाल, बधाई सबै खेलाडीलाई, बधाई सबै नेपालीलाई ।”
विश्व विजेता बनिसकेको देश भारतलाई २३१ रनको लक्ष्य, टिम नेपालले दिनु शानदार प्रदर्शन मात्रै होइन, एक ढंगले जित´नै हो !
परिणामको गणित जे आउला, मैदान र मन नेपालले जितेको अनुभुती भएको छ l बधाई टिम नेपाल, बधाई सबै खेलाडीलाई, बधाई सबै नेपालीलाई ! pic.twitter.com/bP7bEkAdJb
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 4, 2023


















