Prakash Adhikari April 21, 2018

नयाँदिल्ली(भारत), ८ बैशाख । नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध भएको दिल्ली डियर डेभिल्सले आज रोयल च्यालेन्जर्स बैंगलोरसंग उसको घरेलु मैदान बंगलोरमा प्रतिस्पर्धा गर्दैछ ।

आज राति ८स्१५मा बंगलोरको चिन्नस्वामी रंगशालामा आरम्भ हुने क्रिकेटमा डीडीको टीमले राम्रो गर्ने दावी गरिरहेको छ ।

आजको खेलमा पनि डीडीले नेपाली खेलाडी सन्दीपलाई खेल मैदानमा भने उतार्ने छैन् ।

दिल्ली डियर डेभिल्सको आधिकारिक वेभसाइटमा उसले सन्दीपलाई दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटला मैदानमा डेब्यू दिन चाहेको उल्लेख गरेको छ ।

यो छैठौं खेलमा घरेलु मैदानमा उच्च नैतिक मनोवलका साथ खेलाडीलाई उतार्ने दाउमा डीडी रहेको छ ।

फ़िरोज़ शाह कोटला खेल मैदानको विशेषताको चर्चा गर्दै दिल्ली डियर डेभिल्स लेख्छ,यही खेल मैदान हो जहाँ अनिल कुंबलेले पाकिस्तानका विरुद्ध भएको खेलमा एकै पारीमा १० विकेट लिएका थिए ।

पछिल्लो पटक भारत र न्यूजिल्याण्डको बीच भएको टी २० सिरिजको अन्तिम खेलमा पनि १० मा ६ विकेट स्पिनरले झारेका थिए ।

दिल्ली डियर डेभिल्सको वेभसाइटमा लेखिएको छ,

‘इस गेंदबाज़ के शानदार रिकॉर्ड को देखते हुए ऐसा लगता है कि संदीप फ़िरोज़ शाह कोटला पर बेमिसाल प्रदर्शन कर सकते हैं। इस खिलाड़ी ने साल द्दण्ज्ञट में अपना करियर नेपाल की अंडर-19 टीम से शुरू किया। दूसरे ही मैच में 17 वर्षीय इस लेग स्पिनर ने आयरलैंड के ख़िलाफ़ हैट्रिक लेकर सभी को अपनी प्रतिभा का परिचय करा दिया था। इस टूर्नामेंट में लामिछाने ने सबको प्रभावित किया और विकेट लेने के मामले में दूसरे स्थान पर रहे।’

उसले हीराको परख जौहरीले नै गर्न सक्ने बताउदै  लेखेको छ,’ माइकल क्लार्कले लामिछानेको खेल हंडकंगमा देखेपछि उनको प्रतिभाको कदर गर्दै त्यही बर्ष सिड्नीमा भएको ग्रेड क्रिकेटमा बोलाए । उनको साथमा सन्दीपले धेरै कुरा सिके । यसको परिणाम स्वरुप विश्व क्रिकेट लिगको डिभिजन २ का खेलमा सन्दीपले सबैभन्दा बढी विकेट लिए र नेपाल पहिलो स्थानमा रहदै क्वालिफायर प्रतियोगितासम्म पुग्न सक्यो ।खेलका क्रममा सन्दीपलाई म्यान अफ द म्याचको पुरस्कार पनि प्राप्त भयो ।’

उसले आईसीसी विश्वकप क्वालिफायर प्रतियोगितामा नेपाललाई एक दिवसीय राष्टको मान्यता दिलाउन समेत सन्दीपको महत्वपूर्ण भूमिका भएको लेखेको छ ।  सन्दीपले २१ लिष्ट ए खेलमा ४.०४ इकोनोमिक रनबाट ४२ विकेट लिएको उसले  उल्लेख गरेको छ ।

Share Now

Leave a comment.