Prakash Adhikari September 24, 2023

एमसीसीका जालसाजी र भ्रष्टाचार नियन्त्रणसम्बन्धी वरिष्ठ निर्देशक क्रिस विलियम्स र वरिष्ठ सल्लाहकार रिक मेसिकको भदौ अन्तिम साता भएको नेपाल भ्रमणको अवसर पारेर एमसीएले भदौ २५ गते भ्रष्टाचार र जालसाजी नियन्त्रणसम्बन्धी कार्यशाला आयोजना गर्योतर, यही समयमा यसको प्रशारण लाइन निर्माणको परामर्शदाता चयनमा  भएको जालसाजी र कार्यक्रम खरिद निर्देशिका उल्लंघन भएको तथ्य पनि सार्वजनिक भयो । आफ्नो कमजोरीलाई एमसीए नेपालले सच्याएन भने यो प्रकरण अख्तियार र संसदको लेखा समितिमा पुग्ने स्थिति छ । 

प्रकाश अधिकारी

काठमाडौं, ८ असोज । अमेरिकी सरकारको विदेश  सहयोग निकाय मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)को ५०० मिलियन अमेरिकी डलर  अनुदान सहयोग अन्तरगत निर्माण हुन लागेको काठमाडौंको लप्सीफेदीदेखि नवलवरासीको भूमहीसम्मको ३ सय १५ किमी लामो ४००  के.भी. प्रशारण लाइनको परामर्शदाता चयनको ठेक्कामा यो सहयोग परिचालन गर्न नेपाल  सरकारले गठन गरेको मिलिनियम च्यालेञ्ज एकाउण्ट(एमसीए) नेपालका कर्मचारीहरुले संस्थाको कार्यक्रम खरिद  निर्देशिका(प्रोग्राम प्रोक्योरमेण्ट गाइडलाइन)को ठाडो उल्लंघन गर्दै स्वार्थको द्धन्द्ध भएको प्रस्तावदातालाई ठेक्का सुम्पने अन्तिम तयारी गरेका छन् ।

यो अनुदान सहयोग परिचालन गर्न नेपाल सरकारले विकास समिति ऐन अन्तरगत एमसीए नेपाल गठन गरेको छ । नेपालको ऐन अनुरुप गठन भएको यो निकायले नेपालको ऐन कानून पनि छल्न पाउदैन। यसले गर्ने खरिद प्रक्रियामा नेपालको सार्वजनिक खरिद ऐनको पनि पूर्ण परिपालनाको अपेक्षा गरिएको छ । तर प्रशारण लाइनको परामर्श ठेक्कामा एमसीएका कर्मचारीहरुले एमसीसीले विश्वभर उसको कोषबाट सञ्चालन हुने मिलिनियम च्यालेञ्ज एकाउण्टका लागि तयार पारेको कार्यक्रम खरिद निर्देशिका र नेपालको सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को ठाडो उल्लंघन गरेका छन् ।

यस विषयमा पहिल्यैदेखि निरन्तर आवाज उठाउदै आएको आशान्यूज डट कमले यस सम्बन्धमा राखेको जिज्ञासाको जवाफ दिंदै एमसीए नेपालका सञ्चार विज्ञ पुष्कर माथेमाले वित्तीय  प्रस्तावमा सबैभन्दा कम कवोल गर्ने वापकोस वातावरण प्रभाव मूल्यांकनमा सहभागी नभएको  उसको साझेदार टोटल म्यानेजमेण्ट सर्भिस(टीएमएस) ले केही कार्यमा योगदान मात्र गरेकोले यसमा स्वार्थको द्धन्द्ध हुन नसक्ने जिकिर गर्नुभएको छ । आशा न्यूजका तर्फबाट खरिद निर्देशिकाको स्वार्थको द्धन्द्ध सम्बन्धी प्रावधान” Conflict of Interest P1.B.1. (b) Conflict among consultant assignments: Neither consultants (including their personnel and sub-consultants) nor any of their affiliates shall be hired for any assignment that, by its nature, may be in conflict with another assignment of the consultants. As an example, consultants hired by MCC, the MCA Entity, or another donor to prepare engineering design for an infrastructure Project generally should not be engaged to prepare an independent environmental assessment for the same Project. Similarly, consultants hired to prepare Terms of Reference (TOR) for an assignment shall not be hired for that assignment.” उल्लेख गरेर However, two proposals with the involvement of TMS, a sub-consultant in EIA, and as a sub-consultant to WAPCOS have been evaluated without being rejected in the tender related to a consultation. It has been informed that notification of intent has been issued to award the contract to the proposal by WAPCOS. Which legal provision of the US or Nepal allows to violate the self-prepared guidelines?  भनी सोधिएको  प्रश्नमा एमसीएका तर्फबाट यस्तो जवाफ दिइएको छः

Answer : The current procurement, for Procurement of Consultancy Services for Construction Supervision for Transmission Lines and Substations Activities for the Electricity Transmission Project, WAPCOS is the main Consultant and TMS is a Sub-Consultant. MCA-Nepal has issued a Notification of Intent to Award for this procurement and the Contract would be awarded subject to successful negotiations. It should be noted that a contract will be signed with WAPCOS Ltd, which under the contractual terms is the only firm accountable and liable for the services to be provided. We would also like to emphasize that the procurement process is still ongoing. On the Conflict-of-interest concern raised, EIA was a part of the “Project Preparation and Technical Services” (PPTS) Contract with Stantec Consulting International LLC. The approved sub-consultants for the assignment were Power Engineers, Environmental Resources Management (ERM) and National Engineering Services (Pakistan) Limited. TMS was not a Sub-Consultant hired by Stantec but a firm hired by their Sub-Consultant ERM to support EIA.

This subcontract agreement between ERM and TMS didn’t require approval by MCA-Nepal and/or MCC as MCA-Nepal (as standard practice mandated by the PPG) only approves Sub Consultants, if a Consultant intends to subcontract for a major item of its contracted Services and is not privy to agreements between affiliates of Sub-Consultants.

The example in PPG clause quoted, P1.B.1.7(b), states, that consultants hired by MCC, the MCA Entity, or another donor to prepare engineering design for an infrastructure Project generally should not be engaged to prepare an independent environmental assessment for the same Project. Similarly, consultants hired to prepare Terms of Reference (TOR) for an assignment shall not be hired for that assignment. TMS in that sense was only hired by an MCA-Nepal Sub-Consultant, under the PPTS contract to support the EIA activity, and PPG does not explicitly preclude firms engaged in such activities from being involved in a Construction Supervision assignment. It is also clear that neither WAPCOS nor TMS participated in preparing the terms of reference for the assignment they will -if awarded the contract- undertake.

Finally, we appreciate the opportunity granted to MCA-Nepal to provide its view and perspective on your queries regarding this procurement; also we take the opportunity to reiterate our availability to contribute to your professional work targeted to provide reliable and contrasted information to your audience.

एमसीसी खरिद निर्देशिकाको अक्षर र भावना

एमसीए नेपालले आफूले गरेको काम नियमानुकूल भएको  जिकिर गरेपनि अमेरिकी जनताको करबाट संकलित रकमबाट विदेशमा गरिबी निवारण र पूर्वाधार विकासको लागि स्थापना भएको मिलिनियम च्यालेञ्ज कर्पोरेशनको अनुदान वा सहयोगबाट  कार्यक्रम सञ्चालन गर्न निर्माण गरिएको कार्यक्रम खरिद निर्देशिकामा  स्वार्थको द्धन्द्ध उत्पन्न हुने कम्पनीलाई परामर्श र बस्तु तथा सेवा  खरिदमा संलग्न नगराईने स्पष्ट उल्लेख गरिएको छ । स्वार्थको द्धन्द्ध शीर्षक अन्तरगत पी १.ए.१.६.मा भनिएको छ, “फर्म र व्यक्तिहरुको उनीहरुको अन्य कार्य र आफ्नै संस्थागत स्वार्थमा द्धन्द्ध हुने छैन । त्यस्ता फर्म र व्यक्तिहरुलाई कुनै पनि कामको जिम्मा दिइने छैन, जसको अन्य ग्राहक(क्लाइन्ट)संग पूर्व वा वर्तमानमा भएका दायित्वसंग द्धन्द्ध हुन सक्छ वा त्यसले तिनीहरुलाई एमसीए संस्थाको सर्वोत्तम हितमा काम गर्न असमर्थ हुने अवस्थामा पार्नेछन् ।

Conflict of Interest

P1.A.1.6 Firms and individuals shall not have any conflicts with other assignments and their own corporate interests. Firms and individuals shall not be hired for any assignment that would be in conflict with their prior or current obligations to other clients, or that may place them in a position of being unable to carryout the assignment in the best interest of the MCA Entity. Without limiting the generality of the foregoing, firms or individuals shall not be hired under the circumstances set forth below:

यसलाई अझ स्पष्ट पार्दै  परामर्श क्रियाकलाप र सामान, काम र गैरपरमर्श सेवा(सूचना पद्धतिसहित)को खरिदमा द्धन्द्ध शीर्षकमा भनिएको छ, “कुनै एक आयोजनामा एमसीसी , एमसीए संस्था वा अन्य दाताद्धारा सामान, काम वा गैरपरामर्श सेवा(सूचना पद्धतिसहित) प्रदान गर्ने  फर्म वा व्यक्ति –फर्मका कर्मचारी, उपठेकेदार र सम्बद्धहरु) त्यस्ता सामान,काम र गैरपरामर्श (सूचना पद्धतिसहितका) सम्बन्धी सेवाहरु प्रदान गर्ने परामर्श सेवा प्रदान गर्न अयोग्य हुनेछन् । त्यस्तै परियोजनाको तयारी वा कार्यान्वयनमा जिम्मेवारी पाएको कुनैपनि व्यक्ति वा फर्म(फर्मको कर्मचारी,उपठेकेदार र आबद्धहरुसहित)सामान,काम र अन्य गैरपरामर्श सेवाहरु(सूचना पद्धतिसहित) प्रदान गर्न अयोग्य हुनेछन् , जसको  परिणाम वा  परियोजनाको तयारी वा कार्यान्वयनमा फर्मको  परामर्श सेवा प्रत्यक्षत सम्बन्धित छ ।”

Conflict between consultant activities and procurement of goods, works or non-consulting services(including information systems):

A firm or individual that has been engaged by MCC, the MCA Entity or another donor to provide goods, works, or non-consulting services (including information systems)for a Project (including the firm’s personnel, subcontractors, and affiliates), shall be disqualified from providing consulting services related to those goods, works or non-consulting services (including information systems). Similarly, a firm or individual hired to provide consulting services for the preparation or implementation of a Project (including the firm’s personnel, subcontractors, and affiliates),shall be disqualified from subsequently providing goods, works, or non-consulting services (including information systems) resulting from or directly related to the firm’s consulting services for such preparation or implementation.

खरिद निर्देशिकाको यो प्रावधानले एमसीएले दावी गरेको इआईए निर्माणमा योगदान गरेको भरमा टीएमएस अयोग्य हुने छैन र वापकोश एमसीएका यसपूर्वका गतिविधिमा संलग्न छैन भन्ने तर्कको राम्रोसंग खण्डन गर्दछ । टीएमएस र वापकोस दुवै नेपालमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेका थुप्रै प्रशारण आयोजनाहरुमा काम गरिरहेका छन् ।उनीहरुले प्रस्तावित गरेका जनशक्ति हाल भैरहेकाकामबाट विस्थापित गरेर एमसीएको लागिमात्र लगाउन सक्ने अवस्था छैन । एमसीसीले यसरी अन्य आयोजनामा संलग्न भएका जनशक्ति देखाएर ठेक्का हत्याउने र समयमा गुणस्तरीय काम सम्पन्न गर्न बाधा ब्यवधान उत्पन्न नहोस भनेर यो प्रावधान राखेको हो । जसको एमसीएका कर्मचारी र वापकोश तथा टीएमएसका पक्षधरहरुले गलत व्याख्या गरेर आफ्ना गलत कार्यको  बचाउ गर्न खोजेका छन् ।

 

पुनरावलोकन र संझौता रद्दसम्मको प्रावधान

एमसीसीको खरिद निर्देशिकामा एमसीसीको सहयोगमा सञ्चालन हुने वा भैरहेका आयोजनाहरुमा संबन्धित कर्मचारीहरुले जानाजान वा अन्जानमा गलत कार्य गरेको पाइएमा त्यसको पुनरावलोकन गर्ने र गलत भएको पाइएमा भएको संझौता रद्द गर्ने सम्मका प्रावधान राखिएको छ । खरिद निर्देशिकाको पी.१.ए.१२.मा भनिएको छ ः खरिद प्रक्रिया स्वीकृत प्रक्रियाको तहत नै सुसम्पन्न भएको छ भन्ने सुनिश्चित गर्न एमसीसीले एमसीए संस्थाले गरेको खरिद प्रक्रिया,कागजात,बोलपत्र मूल्यांकन, चयनको सिफारिस,संझौता पुनरावलोकन गर्ने छ । यी पुनरावलेकन प्रक्रियाहरु यस निर्देशिकाको अनुसूची एमा व्याख्या गरिएको छ ।

MCC Review

P1.A.1.12 MCC shall review the MCA Entity procurement procedures, documents, bid evaluations, award recommendations, and contracts to ensure that the procurement process is carried out in accordance with the agreed procedures. These review procedures are described in Attachment A of these Guidelines.

गलत खरिदमा सहयोग रोकिने

एमसीए नेपालका कर्मचारीहरुले गलत खरिद प्रक्रियालाई बेलैमा सच्याएनन भने एमसीसीको ५०० मिलियन डलर अनुदान सहयोग नै रोकिन सक्ने अवस्था पनि छ । एमसीसीको खरिद निर्देशिकामा गलत खरिद उपशीर्षकमा भनिएको छ, एमसीसीले त्यस्ता सामान,काम वा गैरपरामर्श सेवा(सूचना पद्धतिसहित)को खर्च ब्यहोर्ने छैन, जो कम्प्याक्टका स्वीकृत प्रावधान, कुनै पूरक संझौता ,यी मार्गनिदेर्शिकाहरु, स्वीकृत खरिद योजना अनुरुप खरिद गरिएका छैनन् । यस्तो अवस्थामा एमसीसीले गलत खरिद घोषणा गर्नेछ र यदि एमसीसी सन्तुष्ट हुने सुधार उपाय अबलम्बन गरिएन भने एमसीसीले गलत खरिद घोषणा भएको भागको सामान,काम,वा गैरपरामर्श सेवा(सूचना पद्धतिसहित)लाई छुट्टयाएको रकम निकासा रद्द गर्नेछ । अझ एमसीसीले सम्झौता अन्तरगत अन्य उपायहरु पनि खोजी गर्ने छ ।एमसीसीको स्वीकृती लिएर नै एकपटक ठेक्का पुरस्कृत गरिएको भएपनि यदि यसले त्यस्तो स्वीकृति एमसीए संस्थाले प्रदान गरेको अपूर्ण,असत्य वा गलत सूचनामा आधारित भएको वा एमसीसीको स्वीकृति बिना ठेक्का(करार)को शर्तहरु संशोधन गरिएको अवस्थामा एमसीसीले अझै पनि गलत खरिद घोषणा गर्न सक्ने छ ।

 Misprocurement

P1.A.1.13 MCC does not fund expenditures for goods, works, or non-consulting services (including information systems) that have not been procured in accordance with the agreed provisions as detailed in the Compact, any Supplemental Agreement, these Guidelines, and the approved Procurement Plans. In such cases, MCC will declare a misprocurement and may cancel disbursement of that portion of the Compact funds allocated to the goods, works, or non-consulting services (including information systems) that have been misprocured if corrective measures satisfactory to MCC are not taken. MCC may, in addition, exercise other remedies provided for under the Compact. Even once the contract is awarded after obtaining an approval from MCC, MCC may still declare a misprocurement if it concludes that the approval was issued on the basis of incomplete, inaccurate, or misleading information furnished by the MCA Entity or that the terms and conditions of the contract had been modified without MCC approval.

 

नेपालको सार्वजनिक खरिद ऐनको पनि विपरित

एमसीएले प्रशारण लाइनको परामर्शदाताको चयन प्रक्रियामा नेपालको सार्वजनिक खरिद ऐन २०६३ को पनि उल्लंघन गरेको छ । सो ऐनको दफा ६० मा  बोलपत्रको पूर्णताको परीक्षणको व्यवस्था गरिएको छ । जसमा भनिएको छ, “बोलपत्र पूर्णताको परीक्षण गर्न मूल्यांकन समितिले ऐनको दफा २३ को उपदफा ३ मा उल्लेख भएका कुराको अतिरिक्त देहायको कुराको परीक्षण गर्नुपर्नेछ :

क) बोलपत्रदाता व्यक्तिगत रुपमा वा संयुक्त उपक्रमको साझेदारको रुपमा एकभन्दाबढी बोलपत्रमा संलग्न भए वा नभएको छ ।”

एमसीएको प्रशारण  लाइनको परामर्शदाता टेण्डरमा नेपालको टीएमएससंग दुईवटा कम्पनीले अलग अलग हालेको प्रस्तावमा  साझेदार देखिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को उपनियम २८ मा पनि स्पष्ट रुपमा भनेको छ, ” संयुक्त उपक्रमको योग्यताको आधारः कुनै खरिद कारबाहीमा भाग लिने प्रयोजनको लागि बोलपत्रदाताहरुले एक संयुक्त उपक्रम बनाई बोलपत्र पेश गर्न सक्नेछन् ।

तर बोलपत्र दाताले संयुक्त उपक्रमको साझेदार वा व्यक्तिगत रहने कुनै एउटामात्र बोलपत्र पेश गर्न सक्ने छ ।”

ऐनको परिभाषामा बोलपत्र दाता भन्नाले खरिद कारबाहीमा भाग लिन बोलपत्र पेश गर्ने वा गर्नसक्ने व्यक्ति, फर्म, संस्था र कम्पनी सम्झनु पर्नेछ  भनिएको छ । यसको अर्थ बोलपत्र जुन नाममा पेश भएको छ, ती सबै बोलपत्रदाता भन्ने अर्थ लाग्दछ । बोलपत्र पेश गर्दा संयुक्त उपक्रम वा साझेदार वा आबद्ध कम्पनीहरु उल्लेख गर्न नपर्ने भए बोलपत्र आह्वान गर्ने निकायले तिनीहरुको उल्लेख नगरीकन छनोट भएको प्रस्तावकले जुनसुकै कम्पनी वा व्यक्तिलाईसाझेदार,सबकन्ट्याक्टर वा आबद्धको रुपमा लिनसक्ने सहुलियत दिने थिए । निर्माण वा परामर्शको काममा खटिने व्यक्ति वा संंलग्न हुने फर्म वा कम्पनी पनि संबन्धित बोलपत्रमा सहभागी हुन तयार पारिएका योग्यता पास भएको हुनुपर्ने भएकोले प्रस्तावमा संयुक्त उपक्रमका कम्पनी वा सबकन्ट्याक्ट वा सम्बद्धहरुको समेत नाम उल्लेख गर्नुपर्ने ब्यवस्था गरिएको हो ।

ऐनमा संयुक्त उपक्रमलाई यसरी परिभाषित गरिएको छ, “संयुक्त उपक्रम भन्नाले दुई वा दुईभन्दा बढी    कम्पनी वा फर्महरु मिली संयुक्त वा छुट्टा छुट्टै दायित्वसहित कुनै काम गर्ने कार्यलाई जनाउछ ।” यसरी हेर्दा टीएमएसको साथमा वापकोशले हालेको वोलपत्र संयुक्त उपक्रमको परिभाषामा समेटिन्छ । यसैले एमसीए र एमसीसीको स्वार्थको द्धन्द्ध र जालसाजी तथा भ्रष्टाचारको दायराबाट यो उम्किन नसक्ने देखिन्छ ।

यदि वापकोश र टीएमएसबीच छुट्टै संझौता भई सो संझौतामा उल्लेख भएका काममा मात्र टीएमएस संलग्न हुने अवस्था रहेको भए टीएमएस सबकन्ट्रयाक्टरको दायरामा पर्दछ । सबकन्ट्याक्टर एमसीए तथा एमसीसीको खरिद निर्देशिकाको दायरामा आउछ । एमसीसीको खरिद निर्देशिकाले मूल कन्ट्राक्टरसंग सम्बद्ध(एफिलिएट)लाई पनि ठेकेदारकै रुपमा लिने भएकोले इआईएमा भएको उसको संलग्नताले  प्रशारण लाईनको परामर्शदाताको काम उसले लिन नपाउने अवस्था सिर्जना हुन्छ । एमसीएका कर्मचारीहरु अझै बलमिच्चाईमा लागे भने तिनको जागीर धरापमा पर्ने त छँदैछ , यो टेण्डर प्रक्रिया पुनरावलोकनमा जाने, रद्द हुने अवस्था पनि आउन सक्छ । जसले आयोजनालाई विलम्बित गर्ने र आयोजनाको खर्च बढाउने अवस्था आउछ ।

Share Now

Leave a comment.