काठमाडौँ, ७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९.४२ अङ्कले घटेर २०००.३५ अङ्क कायम भएको छ ।
आज २ सय ८५ कम्पनीको ९० लाख ३ हजार ९ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ६ बराबरको कारोबार भएको छ ।
लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ९८ प्रतिशत र व्यापार समूह एक दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ ।
आज तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको शेयर मूल्यमा दस प्रतिशतले वृद्धि देखिएको हो ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता शेयर किनबेच भएको छ ।


















