Prakash Adhikari April 23, 2018

 

सानेपा(ललितपुर), १० बैशाख । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक बुधबार सम्पन्न गर्ने तयारी भएको छ।

एक महिना पहिले आरम्भ भएको केन्द्रीय समितिको जारी बैठकमा गत बर्ष सम्पन्न भएका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले भोग्नुपरकेो पराजयका कारण र भावि योजनाका विषयमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन्।

निर्वाचनको समीक्षाको मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा पनि नेताहरूले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन नेतृत्वसँग आग्रह गरेका थिए ।

बैठकमा नेताहरु आनन्द विष्ट, अम्बिका बस्नेत, ध्यानगोविन्द रञ्जितकार, मानबहादुर विश्वकर्माले पार्टी अब नयाँ सोचका साथ पार्टीलाई अगाडि लैजना नेतृत्वलाई आग्रह गरे।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले केन्द्रीय सदस्यहरूले मंगलबार सम्ममा बोलिसक्ने र बुधबार नेताहरुले उठाएको प्रश्नको जवाफ सभापति शेरबहादुर देउवाले दिने कार्यतालिका रहेको बताए ।

बैठक जारी रहँदा चैत्र १६ गते कांग्रेस केन्द्र्रीय सदस्य खुम्बहादुर खड्काको असामयिक निधन भएपछि अनिश्चित कालका लागि स्थगित बैठक बैशाख ९ गते आइतबारदेखि पुनः सुरु भएको हो ।

Share Now

Leave a comment.